१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रतिनिधि सभाको बैठक भोलीसम्मका लागि स्थगित

आइतबार १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको आग्रहमा अपरान्ह ३ बजेसम्मका लागि सारिएको थियो। तर बैठक सोमबार ३ बजे बस्ने गरी सारिएको छ।

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिने संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची छ।

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ।आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल गर्ने र सो विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

एमालेको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल

प्रतिनिधि सभामा बैठक सुरू भएको छ।आजको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राखिरहेका छन ।

नयाँ जीवन र नयाँ भविष्य दिने इन्दिरा उपसभामुख हुँदा पदको शोभा बढ्छः सांसद गौतम

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गौतमले पार्टीको तर्फबाट रानालाई उपसभामुख बनाउने प्रस्ताव राखेकी हुन्। उक्त प्रस्तावमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ समर्थक छन्।

प्रतिनिधिसभा बैठक: बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी विधेयक प्रस्तुत हुँदै

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान १० बजेका लागि बोलाइएको छ।

राष्ट्रपतिले उठाएका विषय महत्वपूर्ण छन्ः गगन थापा

थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका हुन्। उनले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाएको स्वीकार गरे। उनले अहिलेको विधेयकले कतिपय आवश्यक्तालाई नछुने पनि बताए।

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक च्यातेर देखाउन बाँस्कोटाको चुनौती

‘हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ। यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन। जनताका आवाज सुन्दैन। सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन। पछि यसका दूरगामी परिणाम देखिन्छन्। नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिंग हेरेर हुँदैन।'

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपति कार्यालयबाट पठाइएको पत्र प्रतिनिधिसभामा पेस

‘प्रतिनिधि सभाको वि.सं. २०७९ साल साउन ६ गतेका दिन बसेको बैठकबाट समेत पारित भइ सम्माननीय सभामुख ज्यूबाट प्रमाणित भइ प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति ज्यूसमक्ष पेस भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा यो पत्र लेखिँदै छ।'

अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो छः सांसद पहाडी

‘अहिले हाम्रो समस्या निर्वाचनमा छ। निर्वाचन महंगो छ, भड्किलो छ। महिलाहरु मात्रै होइन, पुरुषहरु पनि पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ। किनभने जीवनभर राजनीति गर्नुभएको छ, चुनाव लड्न पैसा छैन। त्यसकारण प्रत्यक्षबाट भागेर समानुपातिकमा बस्नको लागि प्रतिस्पर्धा र होडबाजी छ। समस्या त्यहाँ छ।'

निर्वाचन क्षेत्रमा रिजर्भ सिट महिलालाई हुनुपर्छ: सांसद राजभण्डारी

उनले जातीय दृष्टिकोणले क्लस्टरको आधारमा जुन ठाउँमा बेसी छ, त्यो क्लस्टरको आधारमा सिट रिजर्भ हुनुपर्ने व्यवस्था हुनुपर्ने बताए। उनले एकै जातीको एकाधिकार सबैतिर नहोस् भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्न र कानून निर्माण गर्न आवश्यक रहेको बताए।

समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरियाेः सांसद पौडेल

‘महिलालाई हेर्ने दृष्टिकोण हरेक पार्टीहरुमा दोस्रो दर्जाकै हो भन्ने जुन दृष्टिकोण छ, त्यो भन्दामाथि अहिलेसम्म हेर्दा पार्टीहरुमा त्यो चेत र त्यो प्रकारको सोच अहिले पनि रहेको पाइन्छ। त्यसैले निर्वाचन प्रणाली त प्रणाली हो, तर त्यसमा पनि विभेद गरियो नि। हामीले प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली त प्रणाली त्यो मिश्रित प्रणालीलाई अपनाइ सकेपछि त्यसबाट विजयी बनेको सदस्यको त पूर्ण हक बराबर हुनुपर्ने हो।'

प्रतिनिधि सभा बैठक: विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गरिने

आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्