१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन क्षेत्रमा रिजर्भ सिट महिलालाई हुनुपर्छ: सांसद राजभण्डारी

नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निर्वाचन क्षेत्रहरुमा महिलालक्षित रिजर्भ सिटको व्यवस्था गर्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद राजभण्डारीले संविधानले एक तिहाइ महिलाहरु नै हुनुपर्छ भन्ने कुरा गरेको उल्लेख गर्दै निर्वाचन क्षेत्रमा महिलालाई रिजर्भ सिटको व्यवस्था गर्न माग गरेका हुन्। उनले जातीय दृष्टिकोणले क्लस्टरको आधारमा जुन ठाउँमा बेसी छ, त्यो क्लस्टरको आधारमा सिट रिजर्भ हुनुपर्ने व्यवस्था हुनुपर्ने बताए।

उनले एकै जातीको एकाधिकार सबैतिर नहोस् भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्न र कानून निर्माण गर्न आवश्यक रहेको बताए। उनले लामो समयसम्म संसदमा उपसभामुख खाली रहँदा र मन्त्रीपरिषद्मा एक तिहाइ महिला सदस्यहरु नहुँदासमेत महिला सांसदहरुले केही नबोलेको उल्लेख गर्दै निर्वाचनको मुखमा आएर समानुपातिकको कुरा गरिरहेको बताए।

उनले सबै क्षेत्रमा र परिस्थितिमा महिलाहरुले समानता, कर्तव्य र अधिकारको बारेमा आवाज उठाउनु पर्ने बताए। सांसद राजभण्डारीले संसदमा एकै परिवारका श्रीमान, श्रीमती नै सांसद रहेको भन्दै यसलाई समानुपातिक भन्न नसकिने बताए। सांसद राजभण्डारीले अधिकारसँगै कर्तव्य र समानतासँगै सबै पक्षको कुराहरु समेटेर अघि बढ्न आवश्यक रहेको बताए।

प्रकाशित: २४ श्रावण २०७९ १०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App