८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक: बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी विधेयक प्रस्तुत हुँदै

फाइल तस्बिर

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान १० बजेका लागि बोलाइएको छ।  

आजको बैठकमा  ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिने भएको छ।  

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

यसैगरी 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको  विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०७९ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App