७ वैशाख २०८१ शुक्रबार
राजनीति

नयाँ जीवन र नयाँ भविष्य दिने इन्दिरा उपसभामुख हुँदा पदको शोभा बढ्छः सांसद गौतम

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफ्नो पार्टीकी सांसद इन्दिरा रानालाई उपसभामुख बनाउने प्रस्ताव सदनमा पेश गरेकी छन्।  

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गौतमले पार्टीको तर्फबाट रानालाई उपसभामुख बनाउने प्रस्ताव राखेकी हुन्। उक्त प्रस्तावमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ समर्थक छन्।  

इन्दिरा रानालाई प्रस्ताव गर्दै गौतमले भनिन्, ‘अन्धकारमा जीवन बिताइरहेका कयौं नेपाली बालबच्चालाई नयाँ जीवन र नयाँ भविष्य दिएर नेपालको भविष्य नै उज्जवल बनाउनु हुने माननीय इन्दिरा राना यस गरिमामय सदनको उपसभामुखको कुर्सीमा बस्नु भनेको उहाँको योग्यताको मात्रै कदर भएको होइन। बरू सम्मानित उपसभामुख पद पनि शोभामान हुनु हो।’

सांसद रानामगरले पदको उपसभामुख पदको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्न सक्ने पनि उनले बताइन् ।

शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले इन्दिरा रानालाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको थियो। त्यसअघि सोबिता गौतम नै उपसभामुखको उम्मेदवार हुने बताए पनि बैठकले रानालाई बनाउने निर्णय गरेको हो।  

प्रकाशित: ७ माघ २०७९ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App