प्रतिनिधि सभाको बैठक भोली (सोमबार) सम्मलाई स्थगित भएको छ।
आइतबार १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको आग्रहमा अपरान्ह ३ बजेसम्मका लागि सारिएको थियो। तर बैठक सोमबार ३ बजे बस्ने गरी सारिएको छ।
प्रतिनिधि सभामा प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गर्दै आइरहेको छ। आइतबार बिहान अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहालसहित तीन दलका शीर्ष नेताले छलफल गरेका थिए।
छलफलमा गत असार १८ गते बोलेको अभिव्यक्तिबारे प्रष्टीकरण दिने बताएपछि अवरोध खुलाउन एमाले सहमत भएको थियो। तर अन्तिम समयमा प्रतिनिधि सभाको बैठक सारिएको छ।
प्रकाशित: २४ असार २०८० ०९:२२ आइतबार