४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ।आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल गर्ने र सो विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक विधेयक, २०८०  पारित गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्नुहुने, राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। 

राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने, उक्त विधेयक पारित गरियोस् भन्ने प्रश्ताव पेस हुने कार्यसूची रहेको छ।

प्रकाशित: १७ असार २०८० ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App