२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

रूख कटानबारे आरोप–प्रत्यारोप

धरान उपमहानगरपालिका–२० स्थित एक सामुदायिक वनमा अवैध रूपमा सालको रूख काटिएको घटनामा धरानका मेयर तिलक राई विवादमा तानिएका छन् ।

कोरोना नियन्त्रण र व्यवस्थापन गर्न उपमहानगरपालिकाको ४ करोड बढी खर्च

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले चार करोडभन्दा बढी रकम खर्च गरेको छ । उपमहानगरपालिका कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा यस्तो जानकारी दिइएको हो । पत्रकार भेटघाटमा नगर उपप्रमुख उमा थापामगरले कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि ४ करोड ७ लाख ४७ हजार ७ सय ७० रुपैयाँ खर्च भएको जानकारी दिइन् ।

कानुनअनुसार क्षतिपुर्ति माग्दा बुटवल उपमहानगरपालिकाले ज्यादती गरेको गुनासो

राज्यका ऐन कानुन अनुरुप नै बनाएको घरमा स्थानीय सरकारले नै डोजर चलाईदिदा आफू अन्यायमा परेको बुटवलका स्थानीय खिमबहादुर हमालले गुनासो गरेका छन्। हमालले बुटवलमा पत्रकार सम्मेलन गरी डोजर लगाउनु अघि नगरपालिकाले आफूहरूलाई बाहिर निस्कन सुचना समेत नदिएको बताए ।

तीन महिनाको राजश्व छुट, जनप्रतिनिधिको पोसाक भत्ता, समितिको पारिश्रमिक कटौती

धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट नगरसभामा प्रस्तुत भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडोटरियम हलमा बुधबार साँझ प्रस्तुत भएको नीति तथा कार्यक्रममा कोभिड १९ को कारण व्यापार, व्यवासायमा असर परेकोले राजश्व छुटको घोषणा गरिएको छ ।

विकासका लागि तीनैको सहकार्य आवश्यकः मुख्यमन्त्री पौडेल

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणलाई गति दिन तीनै तहका सरकारविच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् । प्रदेश राजधानी हेटौंडामा बुधबार हेटौंडा उपमहानगरपालिकाको सातौं नगरसभा बैठकको उद्घाटन गरेपछि उनले जनताले देखिनेगरी विकास गर्न सवै सरकार एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।

इटहरीको बजेट एक अर्ब ७८ करोड

इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि एक अर्ब ७८ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार सातौं नगर परिषदबाट उपप्रमुख लक्ष्मी गौतमले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक गरिएको बजेटमध्ये चालुतर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ एक अर्ब चार करोड ८५ लाख र वित्तिय व्यवस्थातर्फ एक करोड ४० लाख अनुमान गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जनसंख्याबारे बेखबर उपमहानगरपालिका

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकासँग नगर क्षेत्रका घरको संख्या, किसिम मात्रै होइन उपमहानरभित्र बसोवास गर्नेको पनि यकिन विवरण छैन।

अतिक्रमित सडकपेटी खाली गराइँदै

कलैया उपमहानगरपालिकाले सोमबारदेखि कलैया बजार क्षेत्रको अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ।

उद्योग मन्त्रीसामु उखु किसानको गुनासो

वर्षौंदेखि उखुको भुक्तानी नपाएका कारण आफूहरु दयनीय अवस्थामा पुगेको भन्दै उखु किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग किसानले गुनासो गरेका छन्।

मेयरको कक्षमा पत्रकार कुटिए

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै मंगलबार पत्रकार कुटिएका छन्। विश्व सम्पदा सूचीमा रहेको जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचार संकलनका लागि उपमहानगपालिका कार्यालयमा पुगेका पत्रकारमाथि नगर प्रमुख साहका समर्थक खनिँदा अवस्था केही बेर तनावपूर्ण बनेको थियो।

घोराहीमा कांग्रेस उम्मेद्वार विजयी

घोराही उपमहानगरपालिका वडा १६ मा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन।

उपमहानगरपालिकाको प्लाष्टिकमुक्त अभियान प्रभावहिन

नेपालगञ्ज उपमहानगरपालिकाको ‘प्लाष्टिकमुक्त नेपालगञ्ज शहर’अभियान प्रभावहिन बन्दै गएको छ। अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्री तयार गरेर नगरका चोक–चोकमा झुण्ड्याइएको त छ, तर, परिणाम शून्य प्रतिशत भन्दामाथि उठन सकेको छैन्।

फौजी कीराको प्रकोपले धानबाली सखाप

नेपालगन्ज उपमहानगरपालिकाको पुरैना र पुरैनी, डुडुवा गाउँपालिकाको हिरमिनिया र बेतहनी तथा राप्तीसोनारी गाउँपालिकाको बैजापुर र फत्तेपुरमा केही दिनयता फौजी कीराको प्रकोप ह्वात्तै बढेको हो। फौजी शैलीमा आक्रमण गर्ने कीराले धानको बाला काटेर नोक्सान पु¥याइरहेको किसान बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्