१२ मंसिर २०८१ बुधबार
image/svg+xml

त्रियुगामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पाँच दर्जन योजना

चालु आर्थिक वर्ष सदरमुकाम त्रियुगा नगरपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत झण्डै ५ दर्जन योजना सम्पन्न हुँदा साढे ५ सय बढीले न्यूनतम पारिश्रमिकमा रोजगारी पाएका छन्। नगरपालिकाका १६ वडामध्ये १० वटामा विभिन्न ५४ योजना निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

पोखराका मेयर भन्छन्ः काम देख्न कम्तिमा ‘हनिमुन पिरियड’ सम्म त पर्खिनुस्

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नो काम हेर्न ‘हनिमुन पिरियड’ सम्म पर्खिन आग्रह गरेका छन्। महानगरको बजेट आईतबार पारित भएपछि सोमबार विहान पत्रकार सम्मेलन गर्दै उनले आफ्नो काम हेर्न कम्तिमा एकसय दिन कुर्न आग्रह गरे ।

पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी

पाँच महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका–११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले भाडामा बसिरहेको छ। आफूले दुःख गरी कमाएको केही रकम र ऋण गरी बनाएको घर बगाएपछि उनी घरविहीन भएका हुन्।

गलकोट नगरपालिकाले थाल्यो फोहोर प्रशोधन

स्थानीय तहहरुले फोहाेर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ।

सडक खन्दै गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु

सडक खन्दै गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा एक युवाको मृत्यु भएको छ।

बित्तीय सुशासन जोखिम मूल्यांकनमा सिरिजंगा पहिलो

ताप्लेजुङका स्थानीय तहहरुको आर्थिक वर्ष २०७७/०७८ को बित्तीय सुशासन जोखिम मूल्यांकनमा सिरिजंगा गाउँपालिका अब्बल देखिएको छ।

राहदानीको अनलाइनमा फाराम,सेवाग्राहीलाई भर्नै सकस

चितवनमा बस्ने जैमिनी नगरपालिका–४ सर्कुवाकी ६१ वर्षीया इन्द्रकला आचार्य एक साताअघि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगे।

मध्य रौतहटको गरुडा बजारमा बढ्दैछ खानेपानी समस्या

मध्य रौतहटको गरुडा नगरपालिकाको केन्द्र गरुडा बजारमा खानेपानीको अभाव बढ्दै गएको छ। गत महिनादेखि खानेपानीको समस्या बढ्दै गएको देखिएको छ।

बढ्दैछ वैवाहिक सम्बन्धविच्छेद

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा मागी विवाह गरे।

बुढीगंगाको मेयरमा एमालेका बानियाँ निर्वाचित

बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा एमालेका रामबहादुर बानियाँ निर्वाचित भएका छन् ।

थारु कला संरस्कृतिको प्रवर्द्धन गर्न संस्कृति संरक्षण समिति गठन

थारु संग्रहालयको संरक्षण गर्ने मुख्य उद्देश्यले पूर्ववडाध्यक्ष पवनकुमार थारुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा चन्द्रमान थारु, सचिवमा दिनेश थारु, सह सचिवमा शिव गुलाम चौधरी, कोषाध्यक्षमा शिवकुमारी थारू रहेका छन्।

तिलोत्तमामा अव्यवस्थित, भूमिहीन तथा सकुम्बासी जग्गाको नापजाँच सुरु

जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरणहरु तिलोत्तमा नगरपालिकाले सहयोग गर्ने भएपछि आयोगले तिलोमामा रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी जग्गाको नापजाँचको काम थालेको हो।

जातिय झाँकीसहित विविध कार्यक्रमका साथ ताप्लेजुङ पूर्ण खोपयुक्त जिल्ला घोषित

ताप्लेजुङका सबै स्थानीय तह र ६१ वटा पूर्ण खोपयुक्त घोषणा भइसकेकोले ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिदिन प्रस्ताव गरेका थिए। पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसंगै सहभागीले भावी सन्ततीलाई समेत पूर्ण खोप सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन्।

खुला सिमानाले नेपाली कृषक मारमा

खुला सीमानाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन्।

रोल्पामा एक इञ्जिनियर अख्तियारको नियन्त्रणमा

अख्तियारको टोलिले गोप्य सूचनाका आधारमा गंगादेव गाउँपालिकामा कार्यरत इञ्जिनियर नवीन डाँगीलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्