२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थारु कला संरस्कृतिको प्रवर्द्धन गर्न संस्कृति संरक्षण समिति गठन

थारु संस्कृति कला संरक्षण र प्रवर्द्धन गर्न कपिलवस्तुको बुद्धभूमिमा नगर स्तरीय थारु संस्कृति संरक्षण समिति गठन गरिएको छ।

बुद्धभूमि नगरपालिका वडा नम्बर ४ बढ्ढीमा निर्माणाधिन थारु संग्रहालयको संरक्षण गर्ने मुख्य उद्देश्यले पूर्ववडाध्यक्ष पवनकुमार थारुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा चन्द्रमान थारु, सचिवमा दिनेश थारु, सह सचिवमा शिव गुलाम चौधरी, कोषाध्यक्षमा शिवकुमारी थारू रहेका छन्।

यस्तै सदस्यहरुमा श्रीनिवास थारु, सन्तराम थारु, मनोज थारु, आशा थारु, राजेन्द्र थारु, चन्द्ररानी थारु, गौरी शंकर थारु, र रामकुमारी थारु रहेका छन्। नगरपालिकाकी नगर उपप्रमुख मीरा थारुले  समितिले थारु समुदायको भाषा, कला, संस्कृती, भेषभुषाको संरक्षण, सम्वर्द्धनमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरिन्।

थारु समुदायको संस्कृति बचाउने दायित्व अहिलेको पुस्ताको रहेको भन्दै नगरपालिकाले यो समितिसँग सहकार्य गरी काम गर्ने उनले बताइन्। अध्यक्ष पवनकुमार चौधरीले आफूहरुले यो समिति मार्फत थारु संस्कृतिको संरक्षण, थारुहरुको परंपरागत नृत्य भेषभुसा लगातयका कुराहरुमा विशेष ध्यान दिने बताए। उनले आगामी दिनमा यो क्षेत्रमा होम स्टे संचालन समेत गरिने उनले बताए। बुढ्ढीमा थारु संग्रहालय र बुढ्ढी तालको पर्यटकीय विकासका लागि निर्माण कार्य जारी छ।

प्रकाशित: २५ असार २०७९ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App