१० मंसिर २०८१ सोमबार
image/svg+xml

तीन सातापछि नगरसभा, सात विधेयक पारित

विधेयक पास गर्ने सवालमा एमालेबाट विजयी जनप्रतिनिधि असन्तुष्ट भएर स्थगित भएको इटहरी नगरपालिकाको १२ औं नगर सभा तीन सातापछि सात वटा विधेयक पास गर्दै टुङ्गिएको छ।

मधुवनको उपप्रमुखले गरिन् प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी

मधुवन नगरपालिकाकी उप प्रमुख अनिता चौधरीले प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा सोमबार तालाबन्दी गरेकी छिन्।

पर्वतको जलजलामा भीषण आगलागी, बस्तीमा आगो पस्ने डरले गाँउलेहरु जागै बसे

पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा भीषण आगलागी भएको छ। तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेहरु रहेका छन्।

दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते

सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्।

नक्सापास बिनै अपार्टमेन्ट निर्माण गर्ने समिटलाई नगरपालिकाले कारबाही गर्ने

ललितपुर महानगरपालिकाले नक्सापास पास नगरी स्वीकृत बिनै अपार्टमेन्ट निर्माण गरेको समिट अपार्टमेन्ट (तत्कालीन समिट होटल)लाई हदैसम्मको कानुनी कारबाही गर्ने भएको छ।

विदेशबाट फर्केर गाउँमै उद्योग, ५ लाई रोजगारी र प्रशस्त आम्दानी

कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीका धनबहादुर धानुकले विदेशबाट फर्केपछि आफ्नै घरमा उद्योग सञ्चालन गरेका छन्।

रुकुममा सिस्नो टिप्न गएका दुई दिदीबहिनी मृत फेला

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन्। बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन्।

सिम्रौनगढ नगरपालिकाका तत्कालीन कर्मचारीहरू विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका बाराका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासिनीलगायत दुई जना व्यक्ति विरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आधुनिक प्रविधिले घटायो गहुँ खेतीको लागत

कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँ खेती गर्छन्। उक्त जमिनमा गहुँ खेती गर्दा ११ हजार रुपैयाँ लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ।

साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो

महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ।

निवर्तमान नगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गैरसरकारी संस्थासँग मिलेर सरकारी रकम दुरुपयोग गरेको आरोपमा पञ्चपुरी नगरपालिकाका तत्कालीन मेयरसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बैतडीबाट तीन जना युवती बेपत्ता

प्रहरी र परिवारजनका अनुसार जिल्लाको मेलौली नगरपालिकाकी २ जना र पाटन नगरपालिकाकी १ जना युवती बेपत्ता भएका हुन्।

ग्याँस टयांकर पल्टिंदा एकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एलपी ग्याँस बोकेर गइरहेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्