१९ असार २०८१ बुधबार
image/svg+xml

माओवादीमा असन्तुष्टि

नेकपा माओवादी केन्द्रभित्र संघीय तथा प्रदेश निर्वाचनमा टिकट विवरण, पार्टीभित्र जिम्मेवारी बाँडफाँट तथा पार्टी सञ्चालन प्रक्रियालाई लिएर चरम असन्तुष्टि बढ्दै गएको छ।

माओवादीबाट दर्जन नेता पहिलो पटक भिड्दै

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ र युवालाई प्राथमिकता दिने बताएको नेकपा माओवादी केन्द्रबाट एक दर्जन नेताले पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रचण्डले भने- पूर्व पश्चिम, मधेश पहाड घुम्दै चुनाव लड्ने म नै पहिलो कि जस्तो लागेको छ

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रस्ताबक र माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समर्थनमा दाहालले उम्मेदवारी दर्ता गराएका हुन्।

गोरखा-२ बाट प्रचण्डको उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्ला क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन्।

एमाले केन्द्रीय सदस्य बोगटीले दिए स्वतन्त्र उम्मेदवारी

बोगटीले प्रदेश सभाको टिकटको दाबी गरेका थिए। नेकपा एमालेले निवर्तमान प्रदेश सभा सदस्य बल्देव रेग्मीलाई नै उम्मेदवार बनाएपछि बोगटीले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिनु परेको बताएका छन्।

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादीमा प्रवेश

२०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए।

नेताले जनताको मनमा कहिले घर बनाउने?

काठमाडौंमा शारदाप्रसाद अधिकारीको घरमा भाडामा बस्दै आएका दाहाल चुनाव नजिकिँदै गर्दा भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा निर्मित एकतले घरमा बाजा बजाउँदै सरेका हुन्।

पोलिटब्यूरो सदस्य भण्डारीसहित धनकुटाका मुख्य नेताहरुले माओवादी छाडे

भण्डारीले धनकुटाबाट स्वतन्त्र रूपमा निर्वाचन लड्ने घोषणा समेत गरेका छन्। नेकपा माओवादी धनकुटा संयोजन डिल्लीराम राई (कमल) ले एक जारी गरेको विज्ञप्तिमा जिल्ला समन्वय समितिको बैठक बसेर सबैले राजीनामा दिएको उल्लेख गरेका हुन्।

रौतहटमा गठबन्धनको टिकटका लागि हानथाप

गत संसदीय निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अनिलकुमार झा लोसपामा रहेकाले गठबन्धनबाट शीर्ष नेता माधवकुमार नेपाललाई सबै दलले सघाउने स्थिति बनिसकेको छ।

समानुपातिकको बन्द सूची तयार पार्न माओवादीले बनायो कार्यदल

आइतबार बसेको माओवादी पदाधिकारी बैठकले महासचिव गुरुङको नेतृत्वमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल बनाएको छ।

ओलीले गरेको संसद विघटन संविधान विपरीत नै हो: अध्यक्ष दाहाल

चालू प्रतिनिधिसभाको अन्तिम बैठकमा उनले एमाले अध्यक्ष ओलीलाई जवाफ दिँदै संसद विघटन प्रतिगमन नै रहेको बताए।

माओवादी केन्द्र बैतडीद्वारा उम्मेदवार सिफारिस

संघीय सांसदका लागि नरेन्द्रबहादुर कुँवरको नाम सर्वसम्मत सिफारिस गरेको माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए। कुँवर २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

शर्मालाई प्रचण्डको जवाफः तपाईंलाई रक्षा गर्न र हुर्काउन पनि मेरो मुख्य भूमिका छ

बुधबार अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका नेताहरुको रक्षा गर्ने र हुर्काउन आफूले मूख्य भूमिका खलेको बताए।

जनार्दनले गरे उपमहासचिव पद अश्वीकार

बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्