२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पोलिटब्यूरो सदस्य भण्डारीसहित धनकुटाका मुख्य नेताहरुले माओवादी छाडे

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्वसांसद हेमराज भण्डारीसहित धनकुटाका   पार्टी जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूले पार्टीबाट राजीनामा दिएका छन्।

भण्डारीले धनकुटाबाट स्वतन्त्र रूपमा निर्वाचन लड्ने घोषणा समेत गरेका छन्। नेकपा माओवादी धनकुटा संयोजन डिल्लीराम राई (कमल) ले एक जारी गरेको विज्ञप्तिमा जिल्ला समन्वय समितिको बैठक बसेर सबैले राजीनामा दिएको उल्लेख गरेका हुन्।  

आफूले भदौ २९ गते नै पार्टीमा राजीनामा दिएको र शनिबार जिल्लामा समेत जानकारी दिएको बताए। भण्डारीले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा धनकुटाबाट निर्वाचन जितेका थिए।

प्रकाशित: ९ आश्विन २०७९ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App