७ आश्विन २०८१ सोमबार
image/svg+xml

देशको नेतृत्व एमालेले लिने अवस्था देखियोः नेता नेम्बाङ

नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले जनता आफूहरुसँग भएको र देशभर एमालेका पक्षमा जुरुक्कै उठेको माहोलले फेरी एमालेले मुलुकको नेतृत्व लिने अवस्था देखिएको बताएका छन्।

भ्रष्टाचारविरुद्ध एमालेलाई मतदानः ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचार उन्मुलन गर्न र विकासका लागि एमालेका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन्। धनगढीमा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्दै उनले देशको समृद्धि र विकासका लागि नेकपा एमालेको विकल्प नभएको बताए।

कैलाली पुगेर ओलीले भनेः बिना कारण मुद्दा लगाएर रेशम चौधरीलाई जेलमा राखिएको छ

अध्यक्ष ओलीले भने, ‘मलाई थाहा छ रेशम चौधरी जेलमा छन्। कैयौं हजार मान्छे मारेकाे मान्छे जेलमा हुनु परेन, यहाँ हुँदै नभएको गल्तिमा मान्छेलाई मुद्दा लगाएर जेलमा राखेका छन्।

एमालेको काम सपना बाँड्ने मात्रै होः चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेकपा एमालेको काम सपना बाँडने मात्रै भएको बताएका छन्।

गोकर्णेश्वरमा कांग्रेस–एमाले प्रतिस्पर्धा

गोकर्णेश्वर नगरपालिकामा कांग्रेसले मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ति नेपाल, एमालेले मेयरमा उद्धव बिष्ट र उपमेयरमा सान्नानी लामा तथा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनले मेयरमा गोपाल बराल र उपमेयरमा पेमाछिरी शेर्पालाई उम्मेदवार बनाएका छन्।

हुप्सेकोटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडपः गाउँपालिका अध्यक्षका उम्मेदवार घाइते

झडपमा दुवै तर्फ गरि ४ जना घाईते भएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी सन्तोष पाठक जानकारी दिए।

एमाले एक क्विन्टल आलु हो, गठबन्धन एक तोला मात्र भएपनि सुन होः शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन्।

ओलीले भ्रष्टाचारीसँग गठबन्धन गरिरहेका छन्: पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाएका छन्।

दलका घोषणापत्रमा शिक्षालाई प्राथमिकता

आसन्न स्थानीय तहको निर्वाचनका लागि दलहरूले तयार पारेको चुनावी घोषणापत्रमा यसपटक शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेका छन्।

कलाकार निर्बिज बने एमालेबाट मेयर पदका उम्मेदवार

नेकपा एमालेले रौतहटमा एक जना साहित्यकार तथा कलाकारलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ।

विपीको शालिकमा माल्यार्पण गर्दै एमाले उम्मेदवारको घरदैलो सुरु

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका उम्मेदवारले विपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै घरदैलो अभियानको सुरुवात गरेका छन्।

‘राजनीतिलाई मैले अल्पकालीन यात्राको रूपमा लिएकी छैन’

‘उपमेयर पदको उम्मेदवारी दावी गर्दै गर्दा मेरा प्रष्ट भिजन लिएर अघि बढ्ने मैले योजना बनाएकी छु। मसँग सुन्दर र समृद्ध काठमाडौं बनाउने भिजन छ। मैले विदेश भ्रमणका सिलसिलामा त्यहाँको विकास र समृद्धिलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकी छु,’ उनी भन्छिन्, ‘म त्यो अनुभव यहाँ पनि लागु गर्न चाहन्छु। त्यो भिजनलाई पूरा गर्न हरेक युवाको साथ लिएर अघि बढ्ने छु।’

देउवासंग देश विकास गर्ने कुनै एजेण्डा छैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएकाे आरोप लगाएका छन्। उनले सुशासन वा साशन कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताए।

काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको बताएका छन्।

एमालेले टुंग्यायो पालिका उम्मेदवार, गठबन्धन भागबन्डापछि पार्टीको छलफलमा

नेकपा एमालेले बागलुङका पालिकाहरुमा उम्मेदवार टुंगो लगाएको छ। बागलुङ नगरपालिकामा गण्डकी प्रदेश फेरि पनि जनकराज पौडेललाई उम्मेदवार बनाएको छ। उनी हालका पनि नगरप्रमुख हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्