१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेले बोलायो प्रदेश संसदीय दलको बैठक, समर्थन फिर्ता लिने तयारी

नेकपा एमाले मधेस प्रदेश संसदीय दलको बैठक बोलाएको छ। बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने/नदिने विषयमा छलफल हुने बताइएको छ।

एमालेले प्रदेश सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाए पनि जसपा नेतृत्व सरकारलाई दिएको समर्थन कायम राखेको छ। माघ ९ मा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। एमालेले दिएको समर्थन कायम राख्ने की फिर्ता लिने विषयमा संसदीय दलको बैठक बोलाइएको एमाले प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए।

प्रदेश सरकारलाई एमाले दिएको समर्थन फिर्ता लिने बैठकको निष्कर्ष हुनसक्ने प्रमुख सचेतक महतोले बताए। उनले भने,'मुख्यमन्त्री ज्यूले हामीसँग विश्वासको मतका लागि पत्र पठाउनु भएको छैन। केहीबेरमा संसदीय दलको बैठक सुरु हुन लागेको छ। समर्थन फिर्ता लिने बैठकको निर्णय हुने सम्भावना बढी रहेको छ।'

मधेसमा २३ सांसद भएको एमाले सबभन्दा ठूलो दल हो। एमालेकै समर्थनमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेका थिए । तर विश्वासको मत भने सबै दलले मुख्यमन्त्री यादवलाई दिएका थिए।

एमाले र जनमतले विश्वासको मत नदिए पनि मुख्यमन्त्री यादवसँग स्पष्ट बहुमत छ। जसपा नेतृत्वको सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका, नेकपा एकीकृत समाजवादी  र लोसपाका सहभागी छन्। विश्वासको मत लिनका लागि दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्दै छ। 

प्रकाशित: ६ फाल्गुन २०८० १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App