७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय समिति बैठक आजपनि जारी रहने, समूह छलफल गराउने तयारी

नेकपा एमालेको केन्द्रीय समितिको बैठक आजपनि जारी रहने भएको छ। मङ्गलवारबाट सुरु भएको पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकमा आजबाट समूह छलफल सुरु गराउने तयारी छ।

यसपटक एमालेले पार्टी स्थायी कमिटी, सात प्रदेशका छुट्टाछुट्टै र उपत्यका विशेष समन्वय, सम्पर्क समन्वय र जनसङ्गठन, विभागहरूलाई एउटा समूह गरी ९ समूहमा बाँडेर छलफल गराउन लागेको हो।

विषय तोकेरै केन्द्रीय सदस्यहरूलाई समूह छलफल गराउने र सदस्यहरूलाई बोल्न दिने एमालेको तयारी छ।

समूह छलफलमा कमिटीका पदाधिकारी तथा सदस्यहरूको व्यवस्थापन, परिचालनको विषय, पार्टीभित्र जीवनशैली, कार्यशैली, आर्थिक तथा नैतिक आचरण र पारदर्शिता कायम राख्नेबारे पनि समूहमा छलफल हुनेछ।

प्रकाशित: ९ फाल्गुन २०८० ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App