१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

आजको संसद्मामा सशक्त प्रतिपक्षको भूमिकामा एमाले

नेकपा एमालेले आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा संशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने भएको छ।

सङ्घीय संसद्को हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि सुरु हुँदैछ। बैठकमा पार्टीको निर्णय अनुसार विगतमा भन्दा अझ सशक्त र प्रभावकारीरुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने दलका सचेतक महेश बर्ताैलाले बताए।

संसद्को अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितमा प्रभावकारी भूमिका खेल्न पनि निर्देशन दिएको छ।

यस्तै युवा पलायन रोक्न र पश्चिम एसियामा बिग्रँदो शान्ति सुरक्षाको अवस्थालाई ध्यान दिई अप्ठ्यारोमा रहेका नेपाली युवालाई अविलम्ब स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको छ।

प्रकाशित: २२ माघ २०८० ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App