१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय कमिटीको बैठक आज, यस्ता छन् कार्यसूची

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने सातौँ केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ।

१० गतेसम्म चल्ने बैठकका लागि विभिन्न ६ वटा कार्यसूची तय गरिएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन्। साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ।

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरू तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए।

प्रकाशित: ८ फाल्गुन २०८० ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App