एमाले केन्द्रीय कमिटीको बैठक आज, यस्ता छन् कार्यसूची
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने सातौँ केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने सातौँ केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिए।