१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मधेसमा एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

नेकपा एमालेले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

आज बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

यसअघि यादव नेतृत्वको गठबन्धन सरकारलाई समर्थन दिँदै आएको एमाले विश्वासको मत नदिने संसदीय दलको बैठकबाट निर्णय भएको दलका नेता सरोज यादवले जानकारी दिए।

जसपा नेतृत्वको सरकारमा सहभागी रहेको एमालेले आफ्नो मन्त्री फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायम राखेको थियो। सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएपछि आइतबार मुख्यमन्त्री तेस्रो पटक मधेस प्रदेशसभामा विश्वासको मत लिन लागेका छन्।

मधेसमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ। प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, काँग्रेसका २२ र जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ एकीकृत समाजवादीका ७ र लोसपाका ९ सांसद छन्।

अहिले जसपा नेतृत्वको सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा सहभागी छन्।

प्रकाशित: ६ फाल्गुन २०८० १५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App