१५ असार २०७९ बुधबार

मधेस प्रदेश लागूऔषधको ‘अखडा’

लागूऔषधका कारोबारीहरूले सञ्जाल नै स्थापना गरेर मधेस प्रदेश अन्तर्गतका सीमावर्ती जिल्लाबाट निश्फिक्री कारोबार चलाइरहेको पाइएको छ। प्रहरीले विभिन्न समयमा पक्राउ गरेका कारोबारीहरूको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो।

यादवको एकता प्रस्तावको अन्तर्य

अघिल्लो वर्षको जेठ दोस्रो साता केपी ओली नेतृत्वको सरकार ढल्न लाग्दा महन्थ ठाकुर टेको बनेर टिकाउन पुगेपछि उनीसँग उपेन्द्र यादवको पार्टीगत सम्बन्ध विच्छेद भएको थियो।

मधेस प्रदेश सरकारको नीति कार्यक्रममा चुरे र प्रकृति संरक्षण

आइतबार मधेस प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘चुरे जोगाऔं, मधेस बचाऔं’, ‘जहाँ बाटो तहाँ रुख, जसले ल्याउँछ परमसुख’ जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ समावेश गरिएको छ।

मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो।

बजेटमा मधेस प्रदेश पूर्ण रुपमा ठगियो: यादव

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपाल (जसपा)का सांसद प्रदिप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेश पूर्ण रुपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए।

मतदाताका घरघरमा मत माग्दै उम्मेदवार

मुख्यमन्त्री लालबाबु रावतको गृह नगर पर्साको वीरगञ्ज यतिवेला चुनावी रौनकताले तातेको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आआफ्नो प्रतिवद्धतापत्र लिएर मतदाताका घरघरमा पुगिरहेका छन्।

मधेस प्रदेशः कानुन निर्माण र अधिकार बाँडफाँटमा अगाडि

संघ सरकारलाई चुनौती दिँदै मधेस प्रदेश सरकारले ऐन कानुन ल्याए पनि कार्यान्वयनमा आउन सकेको छैन। प्रदेशसभाबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित भएको तीन वर्ष बित्दा पनि कार्यान्वयन हुन नसकेको हो ।

मधेस प्रदेशः पाँच वर्षमा साढे ६ लाख मतदाता थपिए

मधेस प्रदेशमा पाँच वर्षमा छ लाख ६६ हजार २२० जना मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनका लागि यसपाली ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ।

मधेस प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुख मिश्रबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र सदनमा पढेर सुनाए।

मधेस प्रदेशसभाको बैठक आज बस्दै

मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ। प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ।

जनकपुरमा आज चैती छठ पर्व

मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा आज चैती छठ पर्व मनाइँदैछ। मंगलबारदेखि विधिवत रूपमा सुरु भएको चैती छठ पर्वको आज तेश्रो दिन हो।

एमाले अध्यक्ष ओली चुनावी दौडधुपमा

उनका अनुसार मधेसमा आफ्नो प्रभाव देखाउन र सन्तुलन कायम गर्न पनि पटकपटक एमाले अध्यक्ष मधेसका कार्यक्रममा सहभागी भएका हुन्। एमाले अध्यक्ष ओलीले मधेसमा क्रियाशील दलका नेता कार्यकर्तालाई पार्टीमा ल्याउन पार्टीको सम्पूर्ण शक्ति खर्च गरिरहेका छन्। सत्तारुढ दलहरूले एमालेविरुद्ध गठबन्धन गरिरहँदा मधेसमै क्रियाशील रहेका दलसँग सहकार्य वा पार्टीमा ल्याउने काममा लागेका छन्।

महिलामा परेको असर कम गर्न गम्भीर बनौँः मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जलवायु परिवर्तनका कारण महिलामा परेको असरलाई कम गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्