९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

मौसमविद् पर्दा पछाडीको हिरो : उर्जामन्त्री सिन्हा

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री अनिल कुमार सिन्हले मौसमविद्लाई पर्दा पछाडीको हिरो भन्दै धन्यवाद दिएका छन्। 

भदौ २३ र २४ को घटनापछि गठन भएको सरकारलाई फागुनमा चुनाव सम्पन्न गराउन पर्दा पछाडी बसेर सहयोग गरेको भन्दै उनले मौसमविद्लाई धन्यवाद दिएका हुन्। 

फागुनमा हिउँ परेर चुनाव हुन सक्दैन भन्नेहरु धेरै भएपनि मौसमविद्हरुले निरन्तर मौसमी अवस्था हेरेर गर्न सक्ने भनेपछि नै निर्वाचन आयोग र सरकार निरन्तर लागेको उनको भनाइ छ। अन्तिम समयसम्म पनि मौसमविद्ले सहयोग गरेकाले नै चुनाव सम्पन्न गर्न सफल भएको उनले बताए। 

‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ (सोमबार) विश्व जल तथा मौसम दिवस मनाइँदै छ। मौसम तथा जलवायु सेवाको भूमिका र त्यसले मानव जीवन, कृषि, जलस्रोत तथा विपद् व्यवस्थापनमा पुर्‍याएको योगदानबारे विश्वभर सचेतना फैलाउँदै मार्च २३ मा यो दिवस मनाउने गरिन्छ।  

प्रकाशित: ९ चैत्र २०८२ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App