१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेले बोलायो संसदीय दलको बैठक, यस्ता छन् अजेन्डा

नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ।

एमाले सचेतक महेश बर्तौलाका अनुसार भोलि र पर्सि गरी दुई दिन बस्ने बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ।

बैठकमा आगामी २२ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने उनले बताए। सरकारका कामकारबाही र जनसरोकारका मुद्दामा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि बैठकमा छलफल हुने उनले बताए।

प्रकाशित: १९ माघ २०८० ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App