७ आश्विन २०८१ सोमबार
image/svg+xml

एमाले दसौं महाधिवेशन: ८५ प्रतिशत प्रतिनिधि सर्वसम्मत चयन

चितवनमा मंसिर १०–१२ मा हुने दसौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार र आइतबार ८५ प्रतिशत प्रतिनिधि चयन भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

मोरङबाट ५७ जना महाअधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

क्षेत्र नम्बर ६ मा पनि आइतबार सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएपछि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका हुन्।

एमालेमा केन्द्रीयता हाबीः ‘हाई कमान्ड’कै निर्देशनबमोजिम प्रतिनिधि छनोट

पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैलाई कार्यान्वयन गर्दा केन्द्रीयता हाबी भएको हो। पार्टी संकटमा रहेको र एमालेभित्र एकता कायमै रहेको देखाउनुपर्ने बाध्यतालाई ध्यान दिँदै हाई कमान्डले प्रतिनिधि छनोटका लागि सर्वसम्मत तरिका अपनाउन निर्देशन दिएको हो।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक, गैँडाको हातमा झन्डा

नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

एमालेको नेतृत्वमा पुरानै अनुहार दोहोरिने सम्भावना

विधान महाधिवेशनअघिको स्थायी कमिटी बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सहअध्यक्षको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको भए पनि वरिष्ठ उपाध्यक्षमा टुंग्याइएको थियो।

गृह जिल्ला पुगेर भीम रावलले गरे एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा

‘मैले कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उपयुक्त होला भनेर सोधेको थिए। उहाँहरूले अध्यक्ष पदमा लड्न आग्रह गरिरहनु भएको छ’, रावलले भने।

रावललाई भट्टको सुझावः सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्नू

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका छन्।

महाधिवेशन तयारीमा दुई ठूला कम्युनिस्ट पार्टी

प्रमुख विपक्षी दल नेकपा एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौं महाधिवेशन गर्ने तयारी करिब–करिब पूरा गरिसकेको छ भने पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिका बनाएको सत्तासाझेदार नेकपा माओवादी केन्द्र सोहीअनुसार संगठन निर्माणमा जुटेको छ।

एमाले एक्लैले बहुमत ल्याउँछ: अध्यक्ष ओली

पाँच दलीय गठबन्धन निर्वाचनसम्म मिल्ने चर्चा चलिरहेको भन्दै उनले भने, “जोजो मिलेर आए पनि एमालले सामना गर्छ।” एमालेले लोकतन्त्रमा विश्वास गर्ने भन्दै उनले जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने बताए। आफूहरु तीनै तहमा बहुमत ल्याउने सङ्कल्पका साथ अगाडि बढेको बताउँदै उनले रोक्न सके रोक्नका लागि विपक्षी दलहरु समक्ष चुनौती दिए।

ओली गणतन्त्र उल्ट्याउन खाेजे: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन्।

एमाले अधिवेसनः दस बुँदे पक्षधर कमजोर, ओली समूह बलियाे

दस बुँदे सहमतिका पक्षधर १० नेतामध्ये सचिव तथा प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यसँगै केन्द्रीय सदस्य एवम् सुनसरीका इन्चार्ज धर्म निरौलाको गृह जिल्ला सुनसरी हो। पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिई १० बुँदे सहमति पक्षधर नयाँ निर्वाचित कार्यसमितिमा कोही पनि परेका छैनन्।

सापकोटा र नेपाल संसदीय प्रणालीको कलंक: ओली

राजतन्त्र सिध्याएर आएको पार्टीलाई अब सिध्याउँछु भनेर माधव लागेको आरोपसमेत लगाए। माधव नेपाल डुलेर, कुदेर, तमासा गरेर केही फरक नपर्ने भन्दै ओलीले एमाले सिध्याउन कुदेकाले एमाले नसिध्धिने समेत बताए।

प्रतिनिधि छनोटमा स्थायी कमिटीको लगाम

विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिलाई सहभागी बनाएको एमालेले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधिलाई मात्रै सहभागी गराउने निर्णय स्थायी कमिटीले बिहीबार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्