२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृह जिल्ला पुगेर भीम रावलले गरे एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन्। एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन्। कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनको भना छ।

उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनु पर्नेमा पनि जोड दिएका छन्। ‘मैले कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उपयुक्त होला भनेर सोधेको थिए। उहाँहरूले अध्यक्ष पदमा लड्न आग्रह गरिरहनु भएको छ’, रावलले भने।

उनले कार्यकर्ताको आवाजलाई कमजोर हुन नदिने बताएका छन्। नेता रावलले कार्यकर्ताको भावनालाई कदर गर्दै १०औं महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका हुन्।

प्रकाशित: २३ कार्तिक २०७८ १४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App