१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

मोरङबाट ५७ जना महाअधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ५७ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। मोरङका ६ वटै निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएको नेकपा एमाले महाअधिवेशन प्रतिनिधि छनोट निर्वाचन समितिले जनाएको छ।

मोरङ क्षेत्र नं १ बाट खड्गबहादुर बस्नेत, अग्नि भट्टराई, नरेन्द्रप्रसाद ढुङ्गेल, घनश्याम खतिवडा, उमाकान्त गौतम, भूपेन्द्रकुमार लावती, लक्ष्मीदेवी भण्डारी, निर्मला राई, शान्तिकुमारी लिम्बू सर्वसम्मत चयन  भएका छन्।

त्यसैगरी क्षेत्र नं. २ बाट ऋषिकेश पोखरेल, मेघनाथ कट्टेल, चन्द्रकला भण्डारी, लीलाबल्लभ अधिकारी, गोपाल थापा, मीरा दास, पर्शुराम कटुवाल, खेमकुमारी निरौला दाहाल, डिल्ली दाहाल, मो हसन इनाम बक्स र इर्जालाल राजवंशी चयन भएका छन्।

क्षेत्र नं ३ बाट राजकुमार ओझा, केदार गुरागाई, ज्ञानेन्द्र सुवेदी, डिपी राई, ताराबहादुर काफ्ले, रामकुमार बस्नेत, देवराज भण्डारी, दिलिप कुमार राई, धनमायाँ तामाङ, ढाकाकुमारी पराजुली र राजकुमारी इङनाम चयन भएका छन्।  क्षेत्र नं. ४ बाट नन्दराज गिरी, कुमार आचार्य, धर्मलाल सिंह, रामबहादुर घिमिरे, महेशप्रसाद भट्टराई, बाबुराम कार्की, विमला दाहाल घिमिरे र गुणवति देवी थारु  छन्।  क्षेत्र नं. ५ बाट डिल्लीराम घिमिरे, मनोज अग्रवाल, धर्मानन्द सञ्जेल, ज्ञानेश्वर राजवंशी, योगेन्द्र मण्डल र मीनादेवी यादव महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

यस्तै क्षेत्रनम्बर ६ बाट नरेश पोखरेल, हरि घिमिरे, सत्यनारायण चौधरी, रामलाल साह, पर्शुराम बस्नेत, नरायणी घिमिरे, यशोधा अधिकारी र तारा राई सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन्।  त्यस्तै दलित निर्वाचन क्षेत्रबाट खेम नेपाली, कृष्ण बर्देवा, जितनारायण सरदार र गितादेवी शिवा प्रतिनिधिमा चयन भएका छन्।

कात्तिक २७ गते शनिबार प्रतिनिधि चयनका लागि बिहीबार मनोनयन दर्ता गरिएको थियो। पार्टी सदस्यता सङ्ख्याको आधारमा मोरङबाट ५७ जना महाधिवेशन प्रतिनिधिका लागि १ सय ७० जनाको उम्मेदवारी परेको थियो।

क्षेत्र नम्वर १, २, ३, ४, ५ र दलित क्षेत्रमा शुक्रबार बेलुका नै सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरिए पनि क्षेत्र नम्बर ६ मा विवाद भएपछि आइतबार सम्मलाई प्रतिनिधि छनौटको समय थप गरिएको थियो। क्षेत्र नम्बर ६ मा पनि आइतबार सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएपछि  मोरङका ६ वटै निर्वाचन  क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका हुन्।

प्रकाशित: २८ कार्तिक २०७८ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App