१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सापकोटा र नेपाल संसदीय प्रणालीको कलंक: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधव नेपाल र सभामुख अग्निप्रसाद सपकोटा संसदीय प्रणालीमा कलंक भएको बताएका छन्। शनिबार सिन्धुपाल्चाक काठामाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री नेपाल र सभामुख सापकोटा संसदीय व्यवस्थाको कलंक भएको बताएका हुन्। उनले सापकोटालाई सिन्धुपाल्चोकबाटै सिंहदरबारको ढोका बन्द गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। अध्यक्ष ओलीले सभामुखमाथि पदीय गरिमा र संवैधानिक दायित्व बिर्सेर प्रचण्डको धक्का र महाविपत्तिको लाइनमा उभिएको बताए। 

‘अग्नि सापकोटा जस्ता संसदीय प्रणालीका कलंक अब सिन्धुपाल्चोकबाट जितेर संसद्मा पाइला टेक्न पाउँछन् ?,’ ओलीले भने। उनले अब कुनै हालतमा जिताएर पठाउन नहुने बताएका छन्। ‘एमालेविरुद्ध निर्लज्ज षडयन्त्र गर्ने र पार्टी फुटाउन मतियारी गर्ने, संवैधानिक परिषद्का बैठकमा अनुपस्थित हुने यस्ता व्यक्तिलाई जिताएर पठाउनु हुँदैन,’ ओलीले भने। प्रचण्डलाई सुधार्न सकिन्छ कि भनेर आफूले प्रयास गरेको तर सुधार्न नसकेको बताए। आउने चुनावमा प्रचण्डलाई महाविपत्ति आउनेसमेत बताए।  

एमाले अध्यक्ष ओलीले एमाले सिध्याउने माधव नेपालको दौडधुप देखेर दया लागेको बताएका छन्। ‘समाजवाद ल्याउन लाग्यो भनेर एमालेलाई समाप्त पार्न खोजे। विचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ। कहिले पोखरा, कहिले धरान धनकुटा, कहिले बागलुङ, कहिले कहाँ ? हातमा टोपी लिएर कुदेका छन्। देश बनाउन होइन, एमाले बिगार्न कुद्या छन्,’ ओलीले भने। राणातन्त्रले मार्न नसकेको, कांग्रेसले प्रतिबन्ध लगाएर मास्न नसकेको, ०४६ सालमा कार्यकर्तामाथि देशभर मुद्दा लाग्दा सकिएन, राजतन्त्रले सकेन, कांग्रेसले सकेन। राजतन्त्र सिध्याएर आएको पार्टीलाई अब सिध्याउँछु भनेर माधव लागेको आरोपसमेत लगाए। माधव नेपाल डुलेर, कुदेर, तमासा गरेर केही फरक नपर्ने भन्दै ओलीले एमाले सिध्याउन कुदेकाले एमाले नसिध्धिने समेत बताए।

प्रकाशित: १४ कार्तिक २०७८ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App