७ आश्विन २०८१ सोमबार
image/svg+xml

सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौंः नेता थापा

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताएका हुन्। उनले भने, '१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ। यो सम्भव छ।'

एमाले महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने

एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुने जानकारी दिए।

नेताहरूको व्यवस्थापन चुनावबाट हुन्छः ओली

‘महाधिवेशनमा यो पक्षको व्यवस्थापन त्यो पक्षको व्यवस्थापन भन्ने कुरा छैन, हुँदैन। हाम्रो काम नेताहरूको व्यवस्थापनमा अल्झिने होइन। जनताको समस्यामा जोड दिने हो। अहिलेको व्यवस्थापन भनेको चुनाव लडेर भोट ल्याउनुपर्छ।’

सबै न्यायाधीशहरुको राजिनामा माग्दै ओलीले सोधे, कुखुराको अण्डा मन्छाएर क्यान्सर निको हुन्छ?

उनले अदालतभित्र सेटिङमा सहमत भएर फैसला गरिएको देखिएको, परमादेशको आधारमा आफूलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै आक्रोश समेत व्यक्त गरे।

एमालेमा महासचिवका आकांक्षीलाई खुल्न सकस

अध्यक्षपछिको महत्वपूर्ण कार्यकारी पद मानिने महासचिवमा आकांक्षीहरू देखिए पनि खुलेर कोही बोलेका छैनन्। पदाधिकारी सर्वसम्मत हुने चर्चाले पनि नेताहरूले उम्मेदवारी घोषणा गर्न नसकेका हुन्।

एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव छ: थापा

कार्यक्रममा बोल्दै उनले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क समेत गरे।

‘मानवताविरोधी घटनामा आममाफी हुँदैन’

नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्‍याउने र सद्भाव राख्ने अन्तर्राष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर संक्रमणकालीन न्यायलाई सर्वाङ्गीण विधिबाट सम्बोधन गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार सम्पन्न गर्ने पक्षमा आफूहरू रहेको उनले स्पष्ट पारेका छन्।

पदाधिकारी व्यवस्थापन गर्न विधान संशोधनबारे छलफल

असोजमा सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी निर्धारण गरेपछि एमालेभित्र धेरै नेताहरूको व्यवस्थापनमा असहज परिस्थिति देखिएको छ । पदाधिकारीका लागि करिब ६० नेता आकांक्षी देखिएका छन्।

एमाले महाधिवेशनः रावलद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

रावलले महाधिवेशनबाट आफूलाई अध्यक्ष बनाउन सहयोग गर्न हालका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रहसमेत गरे। रावलले भने,‘अध्यक्ष केपी शर्मा ओलीज्यूले अब म पार्टी अध्यक्षमा दोहोरिन्नँ, अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्छु भन्नुभएको हो।

ताप्लेजुङबाट छानिए १३ प्रतिस्पर्धी, अधिकांस संस्थापन पक्षका

नतिजा अनुसार महाधिवेशन प्रतिनिधिमा चयन भएका अधिकाँस संस्थापन पक्षका छन्।

एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनः ८ स्थानीय तहको मतगणना सकियो, आठराइ त्रिवेणीको जारी

पाँचौमा आससाल केदेमको ३ हजार २ सय ४३ मत,छैटौंमा ओङ्दी शेर्पाको ३ हजार १ सय २८, सातौंमा घनेन्द्र मादेनको ३ हजार ५५ र आठौंमा गोपाल थोप्राको २ हजार ९ सय ८ मत रहेको छ।

नेकपा एमाले इतिहासको विषय बन्छ: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गरेका हुन्।

दबाबमा ओलीः पदाधिकारी मिलाउन सकस

अध्यक्षबाहेक अन्य पदाधिकारी बन्न चाहने नेता धेरै भएकाले उनीहरूको व्यवस्थापन गर्न महाधिवेशनबाट विधान संशोधन गर्नुपर्ने सुझाव आएको छ। विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुनेव्यवस्था छ।

धन्दा नमान, नेकपा एमाले छ: अध्यक्ष ओली

एमालेको विद्यार्थी संगठनले आयोजना गरेको अखिल साँझमा सम्बोधन गर्दै ओलीले लोकतन्त्रको रक्षा गर्दै एमालेले राष्ट्रियताको पहरेदारको भूमिका खेलिरहेको बताएका हुन्।

प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

प्रतिक्षदलले बन्दका कारण सांसदहरू आउन नसक्ने भनेर बखेडा झिकेपछि साढे १२ बजे बस्ने भनेको बैठक अझैसम्म बस्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्