७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनः ८ स्थानीय तहको मतगणना सकियो, आठराइ त्रिवेणीको जारी

नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने १३ प्रतिनिधि चयन गर्न भएको मतदानको मतगणना अन्तिम चरणमा पुगेको छ। अब आठराइ त्रिवेणी गाउँपालिकाको मात्र मतगणना बाँकी रहेको निर्वाचन समिति संयोजक अधिवक्ता बलराम भट्टराईले जानकारी दिए।

पछिल्लो मतगणना अनुसार ५ स्थानीय तहको मतगणन सकिँदा खुल्ला ८ पदका लागि क्रमशःभूपेन्द्र थेबे र  छत्रपति प्याकुरेलको समान ३ हजार ६ सय ७९ मत रहेको छ। दोस्रोमा दीपेन पोमूको ३ हजार ४ सय ४१ मत,तेस्रोमा बलबहादुर साम्सोहाङको ३ हजार ३ सय १८ र चौथोमा डम्बरध्वोज तुम्बाहाम्फेको ३ हजार ३ सय १३ मत रहेको छ।

पाँचौमा आससाल केदेमको ३ हजार २ सय ४३ मत,छैटौंमा ओङ्दी शेर्पाको ३ हजार १ सय २८, सातौंमा घनेन्द्र मादेनको ३ हजार ५५ र आठौंमा गोपाल थोप्राको २ हजार ९ सय ८ मत रहेको छ।

यस्तै मणिशंकर पोमूको २ हजार ६ सय १९ मत, सन्तोष खतिवडाको २ हजार ४ सय २ मत, मंगलसिंह केदेमको २ हजार ३ सय ५१ मत, सिंहबहादुर इवारमको २ हजार २ सय २६ मत, चन्द्रप्रकाश मोन्याङ्वोको २ हजार ३ मत, थर्ककुमार चोङ्वाङको १ हजार ७ सय ६ मत र राजेश प्याकुरेलको १ हजार ६ सय ७७ मत रहेको छ।

प्रकाशित: ४ मंसिर २०७८ ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App