९ असार २०८१ आइतबार
image/svg+xml

मेयर बालेनले भ्रममा राखेः सम्पदा अभियन्ता श्रेष्ठ

सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नगरसभाबाट एक किसिमको निर्णय भनि पारित गरि कार्यपालिकाबाट अर्कै निर्णय पारित गरेको भन्दै भ्रम सृजना गरेको आरोप लगाएका छन्।

राजनीतिक ‘स्टन्ट’ बन्द गर युवा नेतृत्व

युवा नेतृत्वमा केही गरौँ भन्ने हुटहुटी हुनु स्वभाविक हो। विगतको विकृति र विसङ्गति हेर्दा अहिलेको आवश्यकता पनि युवा नेतृत्व नै हो। विकासको हुटहुटी व्यवस्थापनमा संयमता र धैर्यता देखिएन् जुन अति आवश्यक छ। अझ आशा गरिएका युवा नेतृत्वहरू त झन यस बिषयमा गम्भीर हुनुपर्छ।

राजा फर्काउछु,राजा चाहिन्न र राजा मार्छु भन्ने तीन वटै सरकारमा: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा रहेको भन्दै टिप्पणी गरेका छन्।

नेपालबाट पब्जी मोबाइल विश्वकप खेल्ने समुहलाई बालेनले दिए शुभकामना

मेयर बालेनले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनीहरुलाई शुभकामना दिएका हुन्। उनले लेखेका छन्,‘आजदेखि पब्जी को बिश्वकप (पीएमजीसी), मलेसियामा सुरु हुँदै छ , ३ नेपाली टोलि डीआरएस गेमिङ, स्काइलाइट्ज, टी टु के गेमिङ सहभागी हुँदै छ। जितको लागि शुभकामना जय नेपाल।’

महानगरले नीति बमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिन्छ: मेयर बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरले नीति बमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिने बताएका छन्।

आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछः बालेन

उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् लेखेका छन् ‘हामी ऐतिहासिक जितभन्दा एक कदममात्र पछाडी छौं, आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने विश्वास छ। जितका लागि सम्पूर्ण टिममा सुभकामना। जय नेपाल,’

नेपाली महिला टिमलाई बालेनको बधाई

शुक्रबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ। नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन्। प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरेकी हुन्।

काठमाडौं महानगरपालिले सुरू गर्‍याे डेंगी संक्रमितका लागि नि: शुल्क २४ घण्टे एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले डेंगी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरू गरिएको बताएका छन्।

काठमाडौंका मेयर बालेन शाहकै पथमा त्रियुगाका मेयर बसन्त, डोजर लिएर सडकमा

मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका सडक मिचेर बनाइएका अनाधिकृत संरचना भत्काउने अभियान सुरु गरिरहेका बेला उदयपुरको त्रियुगा नगरपालिकाले पनि सडक सफाई अभियान सुरु गरेको छ जस अन्तर्गत सडक पेटी मिचेर बनाइएका अनाधिकृत घरटहरा र पसलहरु बुधबारदेखि भत्काउन थालेको छ।

मुखले सम्झाउँदा मानेनन भने हात,गोडा केकेले सम्झाउने हो सम्झाउनुहोसः नेता महेश बस्नेत

‘नेताहरुलाई कुकुरको माला लगाइदिएका छन्। कुकुरको टाउको जोडिदिएका छन्। त्यो भन्दा तीन गुणा बढी गाली गर्नुस, तपाईहरले। त्यो गरे वापत केही भयो भने हामी तपाईहरुको संरक्षण गर्छौ’, उनले भने, ‘सकभर मुखले सम्झाउनुहोस, मुखले सम्झाउँदा मानेनन भने हात गोडा के केले सम्झाउने हो सम्झाउनुहोस। परेको कुरा पार्टीले व्यहोर्छ।‘

अपहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

अदालतको अपहेलना मुद्दामा बालेनविरूद्ध परेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने आदेश गरेको हो।

अब काठमाडौँ उपत्यकाको फोहोर राति मात्र ढुवानी हुने गरी १८ बुँदे सहमति

काठमाडौँ उपत्यकाको फोहोर अबदेखि रातिमात्र लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीयबीच गए राति १८ बुँदे सहमति भएको छ। सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो।

काठमाडौँका ‘लेन’मा बालेन

बालेन आफ्ना निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह भन्दा धेरै मतले अगाडि छन्। बालेन र सिर्जना बीचको मतान्तर गणना हुन बाँकी मत संख्या भन्दा अत्यधिक छ। त्यसैले बालेन अनौपचारिक मेयर भइसकेका छन्। मात्र औपचारिकताको पखाई छ। र, तेस्रो स्थानमा छन्, केशव स्थापित।

बालेन शाह भक्तपुरमा

युवा उम्मेदवार बालेन शाह आइतबार भक्तपुर पुगेका छन्। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर मतगणना अनुसार अग्रता हासिल गर्दै आएका उनी बिहान भक्तपुर आएका हुन्।

काठमाडौं महानगरपालिकामा बालेनको अग्रता, पछ्याउँदै स्थापित

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह अग्रस्थानमा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्