८ वैशाख २०८१ शनिबार
राजनीति

मुखले सम्झाउँदा मानेनन भने हात,गोडा केकेले सम्झाउने हो सम्झाउनुहोसः नेता महेश बस्नेत

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद महेश बस्नेतले काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहसहितका जनप्रतिनिधि र स्वतन्त्र समूहहरुबाट चुनाव लड्ने तयारी गरिरहेका युवाहरुको विरुद्धमा आपत्तिजनक अभिव्यक्ति दिएका छन्।  

सोमरबार पार्टीले भक्तपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बस्नेतले बालेन शाह, रविन्द्र मिश्र, रवि लामिछाने, रमेश खरेलका नाममा विभिन्न खालका अन्तराष्ट्रिय मिसनहरु परिचालित भएको बताए।  

‘नेताहरुलाई कुकुरको माला लगाइदिएका छन्। कुकुरको टाउको जोडिदिएका छन्। त्यो भन्दा तीन गुणा बढी गाली गर्नुस, तपाईहरुले। त्यो गरे वापत केही भयो भने हामी तपाईहरुको संरक्षण गर्छौ’, उनले भने, ‘सकभर मुखले सम्झाउनुहोस,  मुखले सम्झाउँदा मानेनन भने हात गोडा के केले सम्झाउने हो सम्झाउनुहोस। परेको कुरा पार्टीले व्यहोर्छ।‘

नेकपा एमालेको युथफोर्स दस्ताको नेतृत्व लिएर चर्चामा आएका बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्रका रुपमा चिनिन्छन्। उनी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद हुन। यसअघि उनी भक्तपुरकै गुन्डु गाबिसका अध्यक्ष पनि भइसकेका छन्।  

तत्कालिन प्रधानमन्त्री ओलीको कार्यकालमा दल फुटाउने अध्यादेश ल्याउने बेला पूर्व आइजीपी सर्वेन्द्र खनालको सहयोगमा जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा मधेशबाट रातारात काठमाडौं ल्याएर होटलमा राख्ने काममा उनको संलग्नता थियो। 

प्रकाशित: १४ भाद्र २०७९ ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App