१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालबाट पब्जी मोबाइल विश्वकप खेल्ने समुहलाई बालेनले दिए शुभकामना

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगित पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप(पीएमजीसी)मा नेपालबाट सहभागी भएका ३ टिमलाई शुभकामना दिएका छन्। आजदेखि सुरु हुने (पीएमजीसी) मा सहभागी भएका डीआरएस गेमिङ, स्काइलाइट्ज, टी टु के गेमिङलाई उनले जितको शुभकामना दिएका हुन्।  

 मेयर बालेनले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनीहरुलाई शुभकामना दिएका हुन्। उनले लेखेका छन्,‘आजदेखि पब्जी को बिश्वकप (पीएमजीसी), मलेसियामा सुरु हुँदै छ , ३ नेपाली टोलि डीआरएस गेमिङ, स्काइलाइट्ज, टी टु के गेमिङ सहभागी हुँदै छ। जितको लागि शुभकामना जय नेपाल।’

मलेसिया र इण्डोनेसियामा आयोजना हुने ग्लोबल च्याम्पियनसिप करिब दुई महिनासम्म चल्नेछ।विश्वभरबाट क्षेत्रीय छनोटमार्फत विश्व च्याम्पियनसिपका लागि ४८ टिम छनोट भएकोमा नेपालबाट तीन टिमले सफलता पाएका हुन्।अघिल्लो साता सम्पन्न दक्षिण एसियाली छनोटमा दोस्रो भएको डीआरएस गेमिङ, तेस्रो स्काइलाइट्ज गेमिङ र पाँचौं भएको टी टु के गेमिङले विश्व च्याम्पियनसिप खेल्नेछन्। पीएमजीसीमा छनोट प्रतियोगिताबाट आएका ४८ टिमलाई १६ टिमका दरले तीन समूहमा विभाजन गरिएको छ।

नेपालबाट छनोट भएकामध्ये डीआरएस गेमिङ समूह रेड, स्काइलाइट्ज गेमिङ समूह ग्रीन र टीटूके गेमिङ समूह एल्लोमा परेका छन। डीआरएसका खेलाडीहरु दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टाई हुन्।

स्काइलाइट्जमा अजय श्रेष्ठ, युजेन लामा, अन्जन राई र निमा तामाङ तथा टीटूके टिममा अभिशेक सिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र रिग्देन बज्राचार्य जस्ता स्टार खेलाडीहरु समावेश छन्।

तेस्रोपल्ट हुन लागेको पीएमजीसीमा नेपालको डीआरएस टिम लगातार छनोट हुँदै आएको छ। उसको यो तेस्रो विश्व च्याम्पियनसिप हो। स्काईलाइट्ज र टीटूकेले पहिलोपल्ट विश्व च्याम्पियनसिप खेल्न लागेका हुन्।

प्रकाशित: २४ कार्तिक २०७९ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App