coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछः बालेन

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिपको फाइनल आज साँझ ५ बजे नेपाल र बंगलादेशबीच हुने छ। आज हुने नेपाल र बंगलादेशबीचको फाइनलअघि नेपाली टिमलाई काठमाडौँ महानगरपालिकका मेयर बालेन शाहले शुभकामना दिएका छन्।

उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् लेखेका छन् ‘हामी ऐतिहासिक जितभन्दा एक कदममात्र पछाडी छौं, आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने विश्वास छ। जितका लागि सम्पूर्ण टिममा सुभकामना। जय नेपाल,’  

नेपाल लगातार दोस्रो र समग्रमा च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो। यता, बंगलादेशले भने दोस्रो पटक फाइनलसम्मको यात्रा तय गरेको हो। प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो। बंगलादेशले भने भुटानलाई सेमिफाइनलमा स्तब्ध बनाएको थियो।

प्रकाशित: ३ आश्विन २०७९ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App