२ असार २०८१ आइतबार
image/svg+xml

लायन्स इन्द्रायणीले बाँड्यो चेपाङ विद्यार्थीलाई जुत्ता

विद्यार्थीहरूको नाजुक अवस्था देखेको लायन्स क्लब अफ काठमाडौं इन्द्रायणीले सहयोगको पहलकमदी लियो। जसअनुसार सो क्लबका सदस्यहरूले बुधबार विद्यालयमै पुगेर विद्यार्थीलाई जुत्ता, मोजा वितरण गरे। उनीहरूले भिजुअल माध्यमबाट गुणस्तरीय पठनपाठन होस् भनेर ४० इन्चको स्मार्ट टेलिभिजन पनि विद्यालयलाई हस्तान्तरण गरे।

‘हात्ती लगाएर घर भत्काउने तथा आगो लगाउने काम गर्नु अमानवीय’

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानवीय त्रुटि हुन जाँदा चितवनको कुसुम खोलामा घटना घटेको बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा मन्त्री बस्नेतले मानवीय त्रुटिका कारण चेपाङ बस्तीमा घर जलेको बताएका हुन।

चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग

जवाफदेहिता निगरानी समितिले चितवनको चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न माग गरेको छ ।

चेपाङ बस्तीमा आगो लगाउनेलाई कारबाही गर, नयाँ घर बनाइदेऊ : जनार्दन शर्मा

सोमबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै नेता शर्माले घरविहीन बनाइएका ती चेपाङ परिवारका लागि नयाँ घर बनाइदिनसमेत सरकारसमक्ष आग्रह गरेका छन् ।

गोरखाको चेपाङ बस्तीमा दादुराको संक्रमण

गण्डकी गाउँपालिका वडा नम्बर ६ र ७ का ८ जनालाई दादुरा रोगको संक्रमण भएको छ । चेपाङ बस्तीमा ६ महिनादेखि २९ वर्ष उमेर समूहका मानिस दादुराबाट संक्रमित भएका छन् ।

चेपाङ समुदायमा दादुरा–रुबेला खोप अभियान

चेपाङ समुदायको बसोबास भएको गजुरी गाउँपालिका र बेनिघाटरोराङ गाउँपालिकामा तीन हजार ६०६ ले दादुरा–रुबेला खोप लगाएका छन्।

चेपाङ बस्तीमा दादुराको महामारी, दुई बालबालिकाको मृत्यु

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङ बस्तीहरुमा डेढ महिनादेखि फैलिएको दादुराबाट दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा नं ४ का आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीले बताए। अनिसाको चैत १७ गते र सुशान्तको चैत ११ गते मृत्यु भएको हो।

चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम

चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम  गरिएको छ। वाग्मती प्रदेश प्रहरी कार्यालयको क्लिन वाग्मती प्रदेश अभियानको क्रममा शुरू लागुऔषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा कोरोना भाइरसविरुद्ध पनि सचेतना कार्यक्रम आयोजना गरिएको हो।

चेपाङ गाउँमा स्वास्थ्य चौकी हस्तान्तरण

सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडाको नेतृत्वमा चेपाङ गाउँमा निर्मित स्वास्थ्य चौकी हस्तान्तरण गरिएको छ।

चेपाङ बालबालिका पढ्ने विद्यालयलाई ९२ लाख

कुल विद्यार्थीमध्ये ५० प्रतिशतभन्दा बढी चेपाङ बालबालिका अध्ययन गर्ने मकवानपुरको श्रीप्रजा प्रगति आधारभूत विद्यालयलाई जापानले ९२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग

मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले एक करोड रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको हो।

‘तुइनेबाजे’ले पाए घर

२० वर्षदेखि तुइनको लठ्ठा समाउँदै हजाराैंलाई वारपार गराइदिने ‘तुइनेबाजे’को नामले चिनिने शुक्रबहादुर चेपाङले घर पाएका छन्।

१ चेपाङ मार्ग स्तरोन्नति सुस्त

भण्डाराबाट मलेखु जोड्ने चेपाङ मार्गको ट्र्याक खोलिएको १० वर्ष पुग्न लाग्यो। ६२ किलोमिटर लम्बाइ रहेको सो मार्ग चितवनमा ३५ किलोमिटर र धादिङमा २७ किलोमिटर रहेको छ। तराई–काठमाडौं जोड्ने वैकल्पिक मार्ग बनाउन ट्र्याक खोलिएको वर्षौं बितिसक्दा पनि सडकको स्तरोन्नतिको काम भने पूरा हुन सकेको छैन। चेपाङ मार्गले पूर्वपश्चिम महेन्द्र राजमार्गको भण्डारा र पृथ्वी राजमार्गको मलेखुलाई जोड्छ।

पढ्ने उमेरमा काखमा छोेराछोरी

एक छोरा र दुई छोरीकी आमा सानुकान्छी चेपाङ २१ वर्षकी भइन्। ३ वर्षको उमेरमा भागेर बिहे गरेकी बेनिघाट रोराङ गाउँपालिका–१ चिम्माङकी उनको दैनिकी अहिले काखे बच्चा स्याहार र घरधन्दामा बित्छ। ‘१३ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि निकै गाह्रो भयोे,’ उनले भनिन्, ‘सानैमा विवाह गरियो, अहिले पढ्न मन लाग्छ तर कामधन्दा कसले गरिदेओस्, अब मेरो भाग्य यस्तै हो भन्ने लाग्छ।’

किताब बोक्ने उमेरमा बच्चा

पढाइबाट वञ्चित हुँदा चेपाङ किशोरीका लागि विवाह नै विकल्प मानिएको छ। प्राथमिक तह पढे पनि त्यसपछिको अध्ययन गर्न घण्टौं हिँडेर जानुपर्ने बाध्यता छ। विद्यालय पहुँच टाढा भएपछि कि पढाइ छाड्नुपर्ने कि बिहे गर्ने हुन्छ उनीहरुले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्