१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

चेपाङ समुदायमा दादुरा–रुबेला खोप अभियान

धादिङ - चेपाङ समुदायको बसोबास भएको गजुरी गाउँपालिका र बेनिघाटरोराङ गाउँपालिकामा तीन हजार ६०६ ले दादुरा–रुबेला खोप लगाएका छन्। गजुरी गाउँपालिकामा एक हजार ४३० र  बेनिघाटरोराङ गाउँपालिकामा दुई हजार २७६ ले दादुरा–रुबेला खोप लगाइएको हो।

नेपाल सरकारले छ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप लगाउने अभियान शुरु गरेको थियो। क्षेत्रमा रहेको गजुरी र बेनिघाटरोराङमा बन्दाबन्दीको समयमा दादुरा–रुवेलाको महामारी फैलिएर दुई बालबालिकाको मृत्यु भएको र १५० भन्दा बढी बिरामी भएपछि खोप अभियान गाउँपलिकाभर सञ्चालन गरिएको होे। गत बुधबारदेखि शुरु खोप कार्यक्रम वैशाख २४ सम्म सञ्चालन हुनेछ। महामारी नियन्त्रण गर्न  र आउँदा दिनमा दादुरा–रुवेला लाग्न नदिन खोप लगाइएको हो। रासस

प्रकाशित: १९ वैशाख २०७७ ०४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App