९ असार २०८१ आइतबार
image/svg+xml
समाज

गोरखाको चेपाङ बस्तीमा दादुराको संक्रमण

दादुरा लागेको लक्षण देखाउँदै स्थानीय । तस्बिर : नागरिक

गोरखा- गण्डकी गाउँपालिका वडा नम्बर ६ र ७ का ८ जनालाई दादुरा रोगको संक्रमण भएको छ । चेपाङ बस्तीमा ६ महिनादेखि २९ वर्ष उमेर समूहका मानिस दादुराबाट संक्रमित भएका छन् ।

वडा नम्बर ७ को क्षेत्रीखोलामा ६ महिना, १४, १८ र २९ वर्ष उमेकालाई संक्रमण देखिएको हो भने ६ को ८ र ९ र १२ वर्ष उमेकालाई दादुरा देखिएको हो । यी मध्ये २९ वर्षिया राममाया चेपाङको अवस्था गम्भीर छ ।

दादुरा लागेकाहरुलाई ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने भएको छ । ‘चार जनाको रगत जाँच गर्दा पनि दादुरा भएको पुष्टि भएको छ’ अहेब झलकमाया चेपाङले भनिन् ‘एक जनाको सुधार भएको छ, बाँकीको अझै जाँच भएको छैन ।’ स्थानीयले दादुराको लक्षण देखिएकाले संक्रमण भएको दावी गरेका छन् ।

गाउँपालिकाले बैशाख २६ गते दादुराविरुद्धको खोप लगाउने योजना बनाएको अध्यक्ष होमबहादुर रानाले बताए । मंगलबार खोपका बारेमा वडा स्तरीय खोप समन्वय समितिसँग स्वास्थ्यकर्मीले छलफल र परामर्श गरिसकेका छन् ।

 

प्रकाशित: २४ वैशाख २०७७ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App