९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

चेपाङ बस्तीमा आगो लगाउनेलाई कारबाही गर, नयाँ घर बनाइदेऊ : जनार्दन शर्मा

जनार्दन शर्मा

 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वगृहमन्त्री जनादर्शन शर्माले चितवनस्थित चेपाङ बस्तीमा आगो लगाउनेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।  

सोमबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै नेता शर्माले घरविहीन बनाइएका ती चेपाङ परिवारका लागि नयाँ घर बनाइदिनसमेत सरकारसमक्ष आग्रह गरेका छन् ।  

‘सरकारलाई मेरो आग्रह– गल्ती सच्याऊ, दोषीलाई कार्बाही गर,’ शर्माले फेसबुकमा लेखेका छन्, ‘१० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेऊ ।’  

हालै चितवनको माडी ९, कुसुमखोलामा बसोबास गर्ने चेपाङका घरमा आगो लगाउनाका साथै हात्ती लगाएर भत्काइएको घटना सार्वजनिक भएको छ । 

 

यो पनि पढ्नुहोस्

निकुञ्जको ज्यादतीमा सुकुमबासी

 

यो पनि पढ्नुहोस्

चितवन घटना बाहिर आए जस्तो होइन, एउटा गोठ र गुन्द्री जलेको हो : वनमन्त्री बस्नेत

प्रकाशित: १२ श्रावण २०७७ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App