१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

चितवन घटना बाहिर आए जस्तो होइन, एउटा गोठ र गुन्द्री जलेको हो : वनमन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोला स्थित चेपाङ बस्तिमा भएको घटना बाहिर सार्वजनिक भएजस्तो नभएको बताएका छन्।  

प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उपस्थित भएका मन्त्री बस्नेतले चितवनको कुसुमखोला  स्थित चेपाङ बस्तिमा आगो लागाइएको र सेनाद्धारा कुटपिट गरेर मृत्यु भएको सम्बन्धमा समाचारमा आए जस्तो सबैकुरा सत्य नभएको बताएका हुन्। उनले कुसुमखोला आसपास क्षेत्रका २ सय १ घर मध्ये १ सय ९३ घरलाई अर्कोठाउँमा स्थानान्तरण गरिएको र तिनै स्थानान्तरण भएका व्यक्तिहरुले त्यसठाउँमा खेति किसानी गर्ने र मकै हेर्न बनाइएका मचानहरु मात्रै जलाइएको बताए।

 उनले बाँकी ८ घर मध्ये एक जनाको गोठ समेत परेको बताए। उक्त गोठमा गुन्द्री र सामान्य विस्तारा बाहेक केही नभएको बताए। स्थानान्तरण भएका व्यक्तिहरु पुनः फर्किएर त्यस ठाउँमा बस्ति बसाउने गरी माचानहरु निर्माण गर्न थालेपछि निकुञ्ज प्रशासन दबाबमा पर्दा घटना घटेको हुनसक्ने मन्त्री बस्नेतले बताए। 

उनले भने, 'जे जति सबै रिपोर्टहरु बाहिर आइराखेका छन् बाहिर सार्वजनिक कुरा आइराखेका छन् त्यो लाई नै अन्तिम सत्य मान्न सकिने अवस्था हामीले हाम्रो अध्ययनबाट हेर्दा त्यो नै अन्तिम सत्य जस्तो देखिदैन। समितिले पनि आफ्नो ढंगले त्यसलाई विस्तृतमा अध्ययन गर्न पनि हामी आर्गह गर्दछौं। यद्यपी अहिलेसम्म अन्तिम रिपोर्ट प्राप्त भइसको छैन। मन्त्रालयबाट सहसचिवको नेतृत्वमा एउटा अधययन टोलि त्यहाँ पठाएका पनि छौं। अध्ययन गरिराख्नु भएको छ। हामीले राय मागेका छौं। उहाँहरुको भनाई अनुसार दुईवटा सामग्री थियो। त्यो पनि बाहिर निकालेर गोठ चाहिं जलाइएको भन्ने हामीसँग अहिले सम्मको रिपोर्टिङ यति छ भने बाँकी चाहिं मोटरसाइकलमा गएर दिनभर मकै हेर्न बनाइएका मचानहरु हुन्। जो १ सय ९३ स्थानान्तरण भइसकेको मध्येका हुन भन्ने अहिलेको हामीलाई भएको जानकारी रहेको छ।’

मन्त्री बस्नेतले नेपाली सेनाद्धारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा पनि छानविन भइराखेको बताए। उनले कुटपिट किन भयो र कसरी मृत्यु भयो भन्ने विषयमा छानविन भइराखेको बताए।  

 

 

प्रकाशित: ११ श्रावण २०७७ १७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App