९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

‘हात्ती लगाएर घर भत्काउने तथा आगो लगाउने काम गर्नु अमानवीय’

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानवीय त्रुटि हुन जाँदा चितवनको कुसुम खोलामा घटना घटेको बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा मन्त्री बस्नेतले मानवीय त्रुटिका कारण चेपाङ बस्तीमा घर जलेको बताएका हुन। मन्त्रालयले घटनाको छानविन गर्न सहसचिवको नेतृत्वमा गठन गरेको समितिले प्रारम्भिक विवरण दिएको बताउँदै चेपाङ बस्तिमा गोठ नभई त्यहाँ रहेका ८ घर भत्काउने र जलाउने काम भएको उनले बताए ।  

भूमि व्यवस्थापनको काम अगाडि बढिरहेको अवस्थामा निकुञ्जका कर्मचारीले हात्ती लगाएर घर भत्काउने तथा आगो लगाउने काम गर्नु अमानवीय भएको समेत मन्त्री बस्नेतले बताएका हुन्। उनले घटना छानविन गर्न मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदन आइनसकेको जानकारी समितिलाई गराए । मन्त्री बस्नेतले निकुञ्जका कर्मचारीले गरेको गल्ति ढाकछोप नगरिने प्रतिवद्धता जनाउँदै उक्त घटनालाई लिएर आफु गम्भिर रहेको बताए ।

समितिले भने घटनालाई संवेदनशिल भई छानविन गर्न मन्त्री बस्नेतलाई निर्देशन दिएको छ । बैठकका निर्णय सुनाउँदै समिति सभापति पूर्णकुमारी सुवेदीले यस्तो खालको घटना दोहोरिन नदिन र दोषिमाथि हदै सम्मको सजाय दिई पीडित पक्षलाई उचित क्षतिपूर्तिको न्यायोचित व्यवस्था गर्न निर्देशन दिए ।

समितिले समाजिक वञ्चितिकरणमा रहेका र निकुन्जलाई नै आफ्नो जिविको पार्जनको आधार बनाउँदै आएका निकुन्ज वरपर बस्ने बासिन्दाहरूको व्यवस्थापन ६ महिना भित्र गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रकाशित: १४ श्रावण २०७७ १५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App