९ असार २०८१ आइतबार
image/svg+xml

कम्प्युटर छ, बिजुली छैन

चेपाङ बस्ती बढी रहेको धादिङको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ गाउँपालिकास्थित गोइराङमा अहिलेसम्म बिजुली पुगेको छैन। टुकी र सोलारका भरमा रहेका गोइराङवासी गाउँलाई उज्यालो बनाउने प्रयासमा छन्। उनीहरू बिजुली पु-याएर गाउँ झलमल्ल पार्ने सपना देखिरहेका छन्। भर्खरै सडक पुग्दै गरेको गाउँमा बिजुली नपुग्दै कम्प्युटर पुगेको छ। गाउँपालिकाले गोइराङ आधारभूत विद्यालयलाई तीनवटा कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो।

खाजा कटौतीपछि घटे चेपाङ विद्यार्थी

चितवनको माडी नगरपालिका वडा नम्बर ९ मा रहेको जनजागृति आधारभूत माध्यमिक विद्यालय, स्थानीय बाँदरझुला बस्तीको पुच्छारमा पर्छ। जहाँ ५० विद्यार्थी पढ्छन्। शिशु कक्षामा १५ र कक्षा १ देखि ३ सम्म ३५ जना छन्। प्रधानाध्यापक दण्डपाणि पण्डितका अनुसार तीमध्ये चेपाङ समुदायका २१ जना छन्। यसअघि चेपाङ विद्यार्थीको संख्या यसको दोब्बर थियो। गएको दशैंपछि घटेको हो।

विपन्न विद्यार्थीलाई ट्रयाकसुट

हेल्प चेपाङ फाउन्डेसनले बाराको निजगढ नगरपालिका–१३, डम्बरपुरस्थित शिवशक्तेश्वर आधारभूत विद्यालयका ५० विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको छ।

खाली खुट्टामै विद्यालय धाउने चेपाङ विद्यार्थीले पाए जुत्ता

जहिले खाली खुट्टामै विद्यालय आउने गरेकी ७ वर्षीया रीता चेपाङ जुत्ता मात्र होइन, न्यानो लुगा तथा किताब राख्ने झोलासमेत पाउँदा खुसीले दंग भइन्। छेउमै रहेकी उनकी आमा सुनमायामा पनि खुसीको कुनै सीमा थिएन। न्यानो कपडा पाउने खबर पाएपछि छोरी पढ्ने विद्यालयमा बिहानैदेखि आएको सुनमायाले सुनाइन्।

चेपाङको निद्रालाई आगोको भरः बल्दा निद, निभे जागै

पर्यटकीय नगरी सौराहाका होटलहरुमा शौकिनहरु राती क्याम्प फायरको रापमा मनोरञ्जनमा उन्मुक्त छन्। मनोरञ्जनको यो क्याम्प फायर जस्तै नजिकै डाँडामा रहेका चेपाङ बस्तीमा पनि आगो बलेकै छ। तर त्यो क्याम्प फायर होइन्, विपन्नताको नियति माथि प्रहार गर्ने सिरेटो र रातभर सुत्नै नदिने शीत पन्छाउन भरथेग गर्ने भुंग्राे।

नर्स बनेकी चेपाङ चेली कामकाे खाेजीमा

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०, लैताककी सरिता चेपाङ २० वर्षकी भइन्। गाउँमा उनका उमेरका चेपाङ युवती सबैले बिहे गरिसके। उनीसँगै स्कुल पढ्ने ती साथीहरूले एसएलसी तहको अध्ययन पनि पूरा गरेनन्। तर सरिता गाउँमै पहिलोपटक आफ्नो समुदायबाट नर्सिङ पढाइ पूरा गर्न सफल भएकी छन्। यसै वर्ष नर्सिङ अध्ययन उत्तीर्ण गरेकी उनले नर्सिङ काउन्सिलको परीक्षा दिएर लाइसेन्ससमेत लिइसकेकी छन्।

बीचमै पढाइ छाड्छन् चेपाङ विद्यार्थी

भोटे गाउँ इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ मा पर्छ। चितवनको पहाडी क्षेत्रमा रहेको उक्त गाउँमा चेपाङ जातिको मात्र बसोबास छ। गाउँमा शिशु कक्षादेखि ३ सम्म पढाइ हुने भोटे गाउँ आधारभूत विद्यालय पनि छ।

बाह्र वर्षीय गर्भवती!

दुवै नारीभरि चुरा, निधारमा रातो टीका, गुलाफी रंङको ज्याकेट लगाएकी १२ वर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ। उनको व्यवहार पनि उनको उमेर जस्तै कलिलो छ। घरी अस्पतालको शड्ढयाबाट जुरुक्क उठेर बाहिर निस्कनु, घरी आमालाई सानो कुरामा घुर्की लगाउनु।

‘मिस वल्र्ड’ मा चेपाङ बस्तीको स्वास्थ चौकी भवन

चीनको सान्यामा हुने ‘मिस वल्र्ड’ प्रतियोगितामा नेपालकोतर्फबाट सहभागी हुने ‘मिस नेपाल वल्र्ड २०१८’ की विजेता श्रृंखला खतिवडाले मकवानपुरको चेपाङ वस्तीमा स्वास्थ चौकी भवन निर्माण गरी त्यसको वृत्तचित्र लैजाने भएकी छिन्।

नर्सिङ पढाइका लागि चेपाङ छात्रालाई सहयोग

धादिङमा सीमान्तकृत चेपाङ समुदायकी एक छात्रालाई नर्सिङ पढ्न आर्थिक सहयोग गरिएको छ । जिल्लाको जोगिमारा निवासी नर्सिङ पढ्दै गरेकी सरिता चेपाङलाई अष्ट्रेलियास्थित चितवन समाज, भिक्टोरियाले ८० हजार रुपैयाँ सहयोग गरेको हो।

निगालो बुनेर जीविकोपार्जन गर्दै चेपाङ दम्पती

बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ताकथलीका गोपाल चेपाङ गजुरीमा निगालो बुन्ने गर्छन् । खुल्ला ठाउँमा जस्ताले छाएको टहरामा निगालोको विभिन्न बस्तुहरू बनाएर चेपाङ दम्पतिले दैनिकी गुजार्ने गर्छन् । सानो ठाउँमा भाडामा जग्गा लिएर काम थालेका उनले मासिक ३५ हजार कमाई गर्छन् ।

घडेरी पाउँदा हर्षको सीमा छैन चेपाङको

बाँदर लड्ने ठाडो भिरमा खोपेर बनाइएको घर । वर्षाैदेखि बस्दै आएपनि २०७२ सालको विनाशकारी गोरखा भूकम्पले त्यही पूरै घर भत्कायो।

चेपाङको व्यथा : परिवारै कुपोषणको सिकार

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ सिमथलीकी २४ वर्षीया रीता चेपाङ कुपोषणको सिकार भएकी छन् । उनी जन्मजात कुपोषणको समस्याले पीडित हुन्। उनीमात्र होइन, उनले जन्माएका तीन छोरी पनि कुषोषणले थलिएका छन्। ‘आफूलाई त जन्मजातै कुपोषणले थलायो’, उनले भनिन्, ‘जन्माएका छोरीलाई पनि बाँकी राखेन।’

हिकारी सोङद्वारा चेपाङ गाउँमा सोलार

चितवनको इच्छाकामना गाउँपालिकास्थित चेपाङ गाउँमा जापनी संस्था हिकारी सोङले सोलार बत्ती वितरण गरेको छ। बिजुली नभएको उक्त गाउँपालिकाको वडा नं.६ मा हिकारीले उपहारको रुपमा ८० परिवारलाई सोलार बत्ती दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्