१४ असार २०८१ शुक्रबार
image/svg+xml

चेपाङ्ग र तामाङ बालबालिकाको मुख्यमन्त्री अभिभावक

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरी विद्यार्थी भर्ना राष्ट्रिय अभियान शुरु गरेका छन्। मकवानपुरको पश्चिमीक्षेत्र मनहरी गाउँपालिकाका आर्थिक अवस्था कमजोर रहेका परिवारका तामाङ्ग बालक, चेपाङ्ग बालिकालाई विद्यालयमा भर्ना गरेका हुन्।

पुल नहुँदा चेपाङ विद्यार्थी शिक्षाबाट वञ्चित

माथिल्लो कक्षा पढ्ने ठाउँ नै नभएपछि चेपाङ बालबालिकाले पढेनन् भनेर कसरी भन्ने रु घैराङ आधारभूत विद्यालयका शिक्षक मानबहादुर चेपाङको यो प्रश्नले गाउँमा शिक्षाको कुरा गर्न आउने सबैलाई एक पटक झस्काउँछ।

विकट चेपाङ गाउँ कान्दामा स्वर्ण पदकको चमक

कान्दामा च्याउका कारण निम्तेको दु:खद कथा मात्र छैन, अब त्यहाँ चमत्कार गर्न सक्ने च्याम्पियनहरु पनि भेटिने छन्। कान्दा यस्तो विकट पहाडी गाउँ हो जहाँ सिमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङको बाक्लै बसोबास छ। सदरमुकाम भरतपुरबाट धेरै नै टाढा र सडक सञ्जालबाट पनि पर रहेको सो गाउँको नाम ६७ सालको जेठमा एकाएक चर्चामा आयो। गाउँका बाबुराम चेपाङले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा परिवारका आठजनाको ज्यान गयो। तरकारी नखाएका बाबुरामका नौ महिने नाती मात्रै बाँचे।

चप्पलको भरमा १५ किलोमिटर दौडिए चेपाङ धावकहरु

‘बजारमा दौडन जानु छ’ हप्ता दिनअघि यस्तो सूचना पाएपछि चितवनको विकट पाहाडी गाउँ वासबाङका सुभलाल चेपाङलाई जाउँ कि नजाउ भयो। भिर पाखा फटाफट हिँड्ने सुभलाललाई बजार गएर दौडनु गाह्रो कुरा थिएन। तर खुट्टामा लगाउने जुत्ता नभएका कारण आयोजकहरुले दौडन दिने हुन वा हैनन् भन्ने दुविधा थियो । यस्तै दुविधाबीच उनी चप्पलकै भरमा बजार हिँडे।

चेपाङ समुदायका लागि जुट्यो दशैं खर्च

बेसीसहर नगरपालिका ११ चितीको चेपाङटारमा बस्दै आएका विपन्न अवस्थाका चेपाङ समुदायलाई दशैं मनाउनका लागि आर्थिक सहयोग जुटेको छ।

पखलाले एक वर्षीया चेपाङ बालिकाको मृत्यु

झाडा पखलाका कारण चितवनको पहाडी गाउँ काउले हात्तीवाङमा एकजना चेपाङ बालिकाको ज्यान गएको छ । पखलाले सिकिस्त हात्तीबाङ थाम्पुकी एक वर्षीया बालिका सपना चेपाङको मंगलबार निधन भएको हो । उनी चन्द्रबहादुर र कृष्णमति चेपाङकी छोरी हुन् ।  पखलाले सताएपछि आमा कृष्णमतिले उनलाई उपचारका लागि कुरिनघाट लगेकी थिइन्।

चेपाङ वडाध्यक्ष भन्छन् – ‘सबैभन्दा पहिले बाटो बनाउँछु’

धादिङको गजुरी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा सुरेन्द्र चेपाङ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चेपाङ २ सय ५९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । नेकपा एमालेका बगरबहादुर तामाङलाई २० मतले पछि पार्दै विजयी भएका चेपाङले आफ्नो वडामा मोटर चल्न सक्ने बाटो बनाउने कामलाई प्राथमिकतामा राखेकोे बताए ।

धादिङका १४ चेपाङ चुनावी मैदानमा

धादिङका १४ जना चेपाङ बैशाख ३१ गते हुने स्थानीय तहको चुनावी मैदानमा उत्रिएका छन् ।  सिमान्तकृत चेपाङ समुदायबाट यत्तिधेरै व्यक्तिहरूले उम्मेदवार बन्ने अवसर पाएको यो पहिलो पटक हो । यस अघि भएको संविधान सभाको निर्वाचनमा २ जना समानुपातिक उम्मेदवार थिए ।

‘हामीलाई तिर्खा मेट्ने पानी दिनुस्’

डाँडाको टाकुरामा बस्ती छ । गाउँमा भरपर्दाे मुहान छैन । एउटा कटुस गैह्रा धारो थियो त्यो पनि सुक्यो । २ वर्ष भयो तिर्खा मेट्ने गरी पानी खान पाएनौं । एलडिओको अगाडि उभिएकी विमला चेपाङले भनिन् ‘हामीलाई तिर्खा मेट्ने पानी दिनुस् ।’

चितवनका चेपाङलाई छ चुनाव भन्दा‘खाना कै चिन्ता’

चितवनको विकट गाउँका चेपाङलाई अहिले खाने अन्नकै समस्या छ । यो मौसम खोरिया फाँडेर मकै लगाउने बेला हो । तर राम्ररी पानी नपरेकाले उनीहरु मकै लगाउन पाएका छैनन् । लगाएको मकै कोदो सबै खाएर सकिइसक्यो ।

गाउँ पुगेका सांसदलाई ब्रुसबाङका चेपाङले भने-‘हामीलाई अन्तै सारिदिनुस्’

दक्षिणी धादिङको विकट गाउँ ब्रुसबाङका चेपाङले आफूहरुको बस्ती सारिदिन आग्रह गरेका छन्। पुस्तौंदेखि खानेपानीको चरम समस्या झैल्दै आएको र भूकम्पपछि जमिन चिराचिरा परेर भासिएकोका कारण गाउँमा घर बनाएर बस्न सक्ने अवस्था नभएकोले पानी भएको ठाउँमा बस्ती सारिदिन आग्रह गरेका हुन्।

खानेपानी पैँचो चलाउँछन् बुस्रबाङका चेपाङ

चाउरिएका गाला। सेतै फुलिसकेका कपाल। पुरानो भइसकेको गन्जी। त्यस्तै पुरानो लुङ्गी लगाएकी। दुई घुँडा मारेर सकिनसी चाँतोमा कमै पिन्दै छिन् फुलमायाँ चेपाङ। उनी भन्दै थिइन् 'बलियाबाङ्गाहरु पानी बोक्न गए, म बुढीको काम यही त हो नि।'

१०६ वर्षका वृद्ध चेपाङको निधन

लोपोन्मुख चेपाङ समुदायका १०६ वर्षीय वृद्धको निधन भएको छ। जिल्लाकै ज्येष्ठ नागरिक बुद्धिबहादुर चेपाङको १०६ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

तरकारीबाट आम्दानी बढाउँदै चेपाङ

रत्ननगर (चितवन)- गिठा र भ्याकुर खोजेर खाने तथा खोरिया फाँडेर मकै कोदो लगाएर बस्ने विकट गाउँका चेपाङको दिनचर्या फेरिन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्