१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

१०६ वर्षका वृद्ध चेपाङको निधन

लमजुङ (बेसीसहर)– लोपोन्मुख चेपाङ समुदायका १०६ वर्षीय वृद्धको निधन भएको छ। जिल्लाकै ज्येष्ठ नागरिक बुद्धिबहादुर चेपाङको १०६ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

वृद्ध चेपाङको निधनले चितीमा रहेको चेपाङ बस्ती शोकमग्न भएको छ । लोपोन्मुख जाति भएको कारण चेपाङ समुदाय जिल्लामै लोकप्रिय छ । त्यसमा पनि सयवर्ष नाघेका बुद्धिबहादुरको निधनले जिल्लावासीलाई दुःखित बनाएको छ ।

केही वर्ष अघिदेखिनै पिँढीबाट सर्न नसक्नुभएका वृद्ध चेपाङ पछिल्लो समय निकै कमजोर हुँदै आएका थिए।

बुद्धिबहादुर जिल्लाका विभिन्न अवसरमा सम्मानित हुँदै आउनुभएको थियो र जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र सुन्दरबजारमा निर्माण गरिएको नमुना सामुदायिक अस्पतालको उद्घाटन उनीबाटै गराइएको थियो ।

चेपाङ समुदाय जिल्लाको चिती गाविसको बरबोटबेसी र हिलेटक्सार गाउँमा रहँदै आएका छन् । चेपाङ बस्तीमा तीन महिना बनेरी बस्ने र नौ महिना मजदुरी गर्ने प्रचलन रहेको छ । रासस

प्रकाशित: ६ मंसिर २०७३ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App