१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

विपन्न विद्यार्थीलाई ट्रयाकसुट

बारा – हेल्प चेपाङ फाउन्डेसनले बाराको निजगढ नगरपालिका–१३, डम्बरपुरस्थित शिवशक्तेश्वर आधारभूत विद्यालयका ५० विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको छ। जाडोका बेला विद्यालय आउन सजिलो होस् भनेर चेपाङ २६, दलित ९ र विपन्न १५ विद्यार्थीलाई नयाँ ट्रयाकसुट उपलब्ध गराइएको फाउन्डेसनका अध्यक्ष रविराज दंगालले जानकारी दिए।

‘नया“ ट्रयाकसुटले चेपाङ, दलित तथा विपन्न विद्यार्थीलाई विद्यालयमा आउन प्रोत्साहन गरेको छ,’ स्थानीय समाजसेवी तिलक घलानले भने, ‘यस्तो कार्यक्रमले विद्यार्थी बढ्छन्।’ चेपाङ समुदायका ४० विद्यार्थी भर्ना भएकामा २६ जना मात्र विद्यालयमा नियमित आउने गरेका छन्।

यो थाहा पाएर चिसोका बेला पनि सबै पढ्न आउन् भनेर ट्रयाकसुट वितवरण गरिएको फाउन्डेसनले जनाएको छ । यस्तै चेपाङ बालबालिकालाई पढ्न सहयोग पुगोस् भनेर विद्याललाई २५ हजारको चेक पनि हस्तान्तरण गरिएको अध्यक्ष दंगालले बताए।

प्रकाशित: २६ पुस २०७५ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App