६ वैशाख २०७८ सोमबार
तेजनारायण महर्जन


तेजनारायण महर्जनका लेखहरु :

लायन्स इन्द्रायणीले बाँड्यो चेपाङ विद्यार्थीलाई जुत्ता

विद्यार्थीहरूको नाजुक अवस्था देखेको लायन्स क्लब अफ काठमाडौं इन्द्रायणीले सहयोगको पहलकमदी लियो। जसअनुसार सो क्लबका सदस्यहरूले बुधबार विद्यालयमै पुगेर विद्यार्थीलाई जुत्ता, मोजा वितरण गरे। उनीहरूले भिजुअल माध्यमबाट गुणस्तरीय पठनपाठन होस् भनेर ४० इन्चको स्मार्ट टेलिभिजन पनि विद्यालयलाई हस्तान्तरण गरे।

नेपाल भाषाका महाकवि सिद्धिदास

भाषिक दमनको उत्कर्षको राणाकालीन युगमा महाकवि सिद्धिदासले आफ्नो ज्यान जोखिममा राखेरै नेपालभाषाबाट ५० भन्दा बढी पुस्तक लेखे। राणा सरकारले नेपाली भाषाबाट समेत जनतामा चेतना दिने गतिविधि गर्न प्रतिबन्ध लगाएको समय थियो।

रञ्जना लिपिको पुनर्जागरण

पूर्व मिस नेवाः सुनिता डंगोल आफ्नो कानमा विशेष किसिमको ‘टप’ लगाउँदै आएकी छन्। विशेष किनभने उनको यो टप उनी आफैंले सञ्चालन गर्दै आइरहेको अभियानसँग सम्बन्धित छ। उनी अहिले रञ्जना लिपिको पुनर्जागरण अभियानमा छन्। उनले लगाउँदै आएको टप यहि रञ्जना लिपिको अक्षर कुँडेर बनाइएको छ।

‘जि वया ला लछि मदुनि...’

बुहारीले भन्छिन्– म आएको एक महिना भएको छैन, तपाईंको छोरा ल्हासा जान्छु भन्छ ! पानी नभएको पोखरीमा कमल कसरी फुल्न सक्छ ?

कार्यालय भवनको अभाव, मारमा सेवाग्राही

जनताको नजिकको सरकार, संघीय राजधानीको जेठो महानगरपालिका काठमाडौंँ। आफ्नो कार्यालय भवन नभएर ९ स्थानमा भाडामा सञ्चालित छ। सेवाग्राहीलाई एउटै छानामुनिबाट पाउनुपर्ने सेवा/सुविधा प्राप्त गर्न अधिकांश समय बाटोमा खर्चनुपरेको छ। काठमाडौँं महानगरपालिकाअन्तर्गतको शिक्षा विभाग ताहाचलमा छ भने सहकारी विभाग बानेश्वरमा। नक्शा पास गर्ने विभाग, राजश्व विभाग र निर्माण विभाग बबरमहलमा भाडामा छ।

आज नेपालभाषा साहित्यको नखः

उपत्यकाका स्थानीय नेवार जनताले बोल्ने नेपालभाषा (नेवार भाषा) साहित्यका दृष्टिले अत्यन्त समृद्ध भाषामध्ये एक हो। आजभन्दा ६ सय वर्षअघि नै यो भाषाको सिर्जनात्मक लेखन आरम्भ भइसकेको प्रमाण पाइन्छ।

इन्द्रायणीमा सर्पबिनै सर्पाहुति

काठमाडौंको लुति अजिमा (इन्द्रायणीमा) बुधबार मध्यरात सर्पाहुति होम सम्पन्न गरियो। सर्पाहुति होम भनिए पनि यसपाली पनि यहाँ होममा सर्पलाई समावेश गर्न सकिएन। सर्प मात्रै होइन, होममा सामेल गरिनु पर्ने भंगेरा, फट्याङ्ग्रा पनि समावेश गरिएन।

चाबहिलमा आज सिन्दूर जात्रा

काठमाडौंको भित्री नगर हनुमानढोका दरवार आसपास रहेको नेवार बस्तीभित्र वर्षैभर विभिन्न चाडपर्व, जात्राहरू हुने गर्छन्। भित्री नगरमा हुने जात्रा पर्वको चर्चा–परिचर्चा हुने गर्छन्।

भिंतुना -यालीसहित शंखधर दिवस मनाइयो

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल संवत् अहिले साँघुरो दायरामा सीमित रहेकाले यसलाई नेपालभर चिनाउने चुनौती रहेको बताएका छन् ।

किन रोकियो भिन्तुना -याली

नेपाल संवत् न्हूदँ (नववर्ष) को उपलक्ष्यमा वर्षेनी हुँदै आइरहेको भिन्तुना सांस्कृतिक -याली ४० वर्षको इतिहासमा पहिलोपटक स्थगित भयो। सर्वप्रथम २०३६ सालमा भिन्तुना -याली सुरु हुँदा त्यसको नेतृत्व पद्मरत्न तुलाधरले गरेका थिए।

इतिहासमा आधारित फिल्म बन्दै

लिच्छविकाल, मल्लकालमा तत्कालिन नेपाल मण्डलमा आइपरेका समस्याको समाधान तन्त्र विद्याबाट गरिन्थ्यो । तत्कालिन समयमा काठमाडौं, भक्तपुर, ललितपुर नगरमा तन्त्र विद्यामा सिद्धहस्त धेरै तन्त्र साधकहरू थिए ।

कुमारीलाई शक्ति दिने पचली भैरव जात्रा

जीवित देवी कुमारीले आइतबार आफ्नो शक्ति पुनप्र्राप्ति गर्दैछिन् । आइतबार असोज शुक्ल पञ्चमीको दिन उनले हनुमानढोकामा पचली आजु (भैरव)को दर्शन गरी शक्ति पुनप्र्राप्ति गर्नेेछिन् ।

पुनर्निर्माण हुँदै साना सम्पदा

२०७२ सालको महाभूकम्पले क्षति पु-याएका ठूला सम्पदाबारे सबैको चासो र विवाद बढिरहे पनि साना सम्पदाहरू के कस्तो अवस्थामा छन् भन्ने विषयमा भने कसैले सोधेको समेत पाइँदैन। नगरका विभिन्न स्थानहरूमा परापूर्वकालदेखि अस्तित्वमा रहेका ती सम्पदाहरू पनि राष्ट्रका अमूल्य सम्पत्ति नै हुन्।

रथ तान्न तयार महिला

काठमाडौं ठमेलकी हसना महर्जन दिनदिनै मर्निङ्गवाक् जान्छिन् । उनलाई मर्निङवाक् जाँदा रमाइलो पनि लाग्छ।

जनउद्धारका लागि निकालिन्छ ‘बौमत’

काठमाडौं झोछेँस्थित न्हूसाः मानन्धर सनागू खलःका सुरेश मानन्धर (सानुदाई) ताहाचलस्थित आफ्नो आँगनमा आइतबार बिहानैदेखि नर्कट ल्याई ताछ्दै थिए । उनको यो चटारो इन्द्रजात्राको दिन बेलुकी परम्परागत रूपमा जनउद्धारमा जानका लागि थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्