९ आश्विन २०८१ बुधबार
image/svg+xml

कैलाली ३ र ४ मा वाम गठबन्धन विजयी

कैलालीको निर्वाचन क्षेत्र नं ३ र ४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ।  आज बिहान सार्वजनिक गरिएको मत गणनाको अन्तिम नतिजाअनुसार निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका नेता लेखराज भट्ट ३१ हजार ३५९ मत प्राप्त गरी विजयी भएका छन्।

बर्दियामा वाम गठबन्धनको बर्चस्व

प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा पूर्व मन्त्री सहित नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् । दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको जिल्लामा वाम गठबन्धनले फराकिलो मतले चुनाव जितेको छ । प्रतिनिधि सभा क्षेत्र नं.२ मात्र नेपाली कांगे्रसको पोल्टामा परेको छ। पहिलो र दोस्रो संविधान सभा गरी लगातार ३ पटक माओवादी केन्द्रका तथा पूर्व मन्त्री शन्तकुमार थारु अहिले पनि प्रतिनिधि सभा क्षेत्रनं. २ मा फराकिलो मतले विजयी भएका छन्।

दुई काँग्रेस, एक–एकमा राजपा र वाम गठबन्धन विजयी

प्रदेश नम्बर २ अन्तर्गत रौतहटको चारवटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभाको मतगणना कार्य सम्पन्न भएको छ । मुख्य निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार प्रतिनिधि सभामा नेपाली काँग्रेसले २ सिट र राजपा एक र वाम गठबन्धन एक निर्वाचन क्षेत्रमा विजयी भएका छन्।

म हारे पनि बाम गठबन्धन जितमा खुशी छुः बामदेव

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताएका छन्।

काभ्रे १ मा बामगठबन्धनका गंगाबहादुर तामाङ विजयी

काभ्रे क्षेत्र नम्बर १ मा बामगठबन्धनका गंगाबहादुर तामाङ बमध्वज ४ हजार ३६ मतान्तरले विजयी भएका छन् । तामाङले ४३,६३१ मत पाए भने उनका प्रतिस्पर्धि नेकाँका तिर्थबहादुर लामाले ३९,५९५ मत ल्याए।

कमल थापा हार्नुको मुख्य कारण काँग्रेससँगको गठबन्धन !

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पराजित हुनुमा काँग्रेसको अन्तर्घात जिम्मेवार रहेको निष्कर्ष पार्टी पंक्तिले निकालेको छ।काँग्रेसकै कारण अध्यक्ष थापा पराजित भएको केन्द्रीय सदस्य एवं सह प्रवक्ता मोहन श्रेष्ठले जनाए।

संखुवासभामा वाम गठबन्धनको अग्रता

जिल्लामा एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।  अहिलेसम्मको मत गणना अनुसार प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले १८ हजार ४९६ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका दीपक खड्काले १७ हजार ५७० मत प्राप्त गरेका छन्।

गुल्मीमा वाम गठबन्धनको क्लिनस्वीप

दोस्रो चरणमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मीमा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । २ प्रतिनिधि सभा र ४ प्रदेश सभाका गरी ६ वटै स्थानमा वाम गठबन्धनले जित हात पारेको हो ।

पाँचथरमा वाम गठबन्धनको 'क्लीन स्वीप'

आइतवार विहान प्रदेश सभाको परिणाम घोषणा गरीएको छ। प्रदेश निर्वाचन क्षेत्र न. १ मा एमालेका काम्बाङले नेपाली काग्रेसका नरेन्द्र कुमार केरुङलाई हराउदै विजयी भएका हुन्। ४ हजार ९ सय ३२ मतको अग्रताले काम्वाङ विजयी भएका हुन्। काम्बाङले २१ हजार १० मत प्राप्त गरेका थिए भने केरुङको १६ हजार ७८ मत हासिल भएको थियो।

सुर्खेतमा वाम गठबन्धनका शाही विजयी

सुर्खेत क्षेत्र नम्वर–१ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका ध्रुवकुमार शाही निर्वाचित भएका छन्। आइतबार विहान सम्पन्न मतगणनामा शाहीले नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कालाई पराजित गरेका हुन्।

बाँके ३ ‘ख’ मा वाम गठबन्धनका गौतम विजयी

बाँकेको प्रदेश सभा–३ ‘ख’ मा नेकपा एमालेका बाबुराम गौतम विजयी भएका छन् । नेपाली काँग्रेसका लक्ष्मीनारायण शाहलाई पराजित गरी गौतम विजयी भएका हुन् ।

दाङमा सकियो मतगणना : वामगठबन्धन हाबी

प्रतिनिधि सभा र प्रदेश सभा गरी कूल ९ क्षेत्र रहेको दाङको नतिजा सार्वजनिक भएको छ । ९ क्षेत्र मध्ये ८ वटामा वामगठवन्धन विजयी भयो भने एक प्रदेशसभामा नेपाली कांग्रेस विजयी भएको छ।

खोटाङमा वाम गठबन्धनको 'क्लीन स्वीप'

खोटाङमा वाम गठबन्धनले लालकिल्ला कायम राखेको छ। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको शनिबार साँझ घोषित अन्तिम नतिजा अनुशार एक वटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यमा एमाले–माओबादी गठबन्धनका उम्मेद्वार विजयी भएका छन्।

ओखलढुंगामा वाम गठबन्धनको ‘क्लीन स्वीप’

ओखलढुंगामा वाम गठबन्धनले ‘क्लीन स्वीप’को इतिहास रचेको छ ।  एक प्रतिनिधिसभा र दुई वटै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेद्वार विजयी भएको छ । प्रतिनिधिसभामा वाम गठबन्धन (एमाले) का उम्मेद्वार यज्ञराज सुनुवार, प्रदेशसभा (क) मा वाम गठबन्धन (एमाले) का उम्मेद्वार अम्बीरबाबु गुरुङ र प्रदेशसभा (ख) मा वाम गठबन्धन (माओबादी केन्द्र)का मोहन खड्का विजयी भएका हुन् ।

सोलुमा वाम गठबन्धनको ‘क्लिन स्वीप’

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता हेमकुमार रार्इ ‘सुरवीर’ २० हजार ७४७ मतले विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बल बहादुर केसीले १७ हजार २९४ मत प्राप्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्