७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कमल थापा हार्नुको मुख्य कारण काँग्रेससँगको गठबन्धन !

राप्रपा अध्यक्ष कमल थापा

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पराजित हुनुमा काँग्रेसको अन्तर्घात जिम्मेवार रहेको निष्कर्ष पार्टी पंक्तिले निकालेको छ।काँग्रेसकै कारण अध्यक्ष थापा पराजित भएको केन्द्रीय सदस्य एवं सह प्रवक्ता मोहन श्रेष्ठले जनाए।

राप्रपा अध्यक्ष कमल थापाको पराजयले स्तब्ध छु, अन्तर्घातमा माहिर, सर्वत्र आलोचित र अलोकप्रिय कांग्रेससंगको गठबन्धन भारी पर्न गयो', श्रेष्ठले ट्विट गर्दै भनेका छन्।

'राप्रपा अध्यक्ष कमल थापाको पराजयले स्तब्ध छु, अन्तर्घातमा माहिर, सर्वत्र आलोचित र अलोकप्रिय कांग्रेससंगको गठबन्धन भारी पर्न गयो', श्रेष्ठले ट्विट गर्दै भनेका छन्, 'तर हामी विचलित हुन्नौं/छैनौं । स्पष्ट विचार, दृढ नेतृत्व र सांगठनिक शुद्धताको बलमा फेरि उठ्नेछौं । राप्रपाको समाप्ती चाहनेको रहर पूरा हुन दिन्नौं।'

राप्रपा अध्यक्ष थापा मकवानपुर—१ बाट बाम गठबन्धनका एमाले उम्मेदवार कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए।

दाहाल ४० हजार ६३१ मत ल्याएर विजयी भए। लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार रहेका थापाले ३४ हजार ६५८ मत पाएका थिए।

प्रकाशित: २४ मंसिर २०७४ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App