स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग शुक्रबारबाटै बयान लिइने भएको छ।
ठगीमा नाम जोडिएपछि अनुसन्धान गर्न भन्दै उनलाई बिहीबार साँझ पोखराबाट जहाजमा काठमाडौं ल्याइएको थियो।
सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई काठमाडौंमा पनि बयानको तयारी भएको हो। सोही मुद्दामा पूर्वडीआईजी छविलाल जोशी र कुमार रम्तेलसँग भने बयान लिइसकिएको छ।
काठमाडौं विमानस्थलबाट लैजानेक्रममा रास्वपा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनलाई यसअघि बुटवलमा पनि सहकारी ठगी प्रकरणमा बयान लिइएको थियो।
रविविरुद्ध पाँचवटा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
प्रकाशित: १३ मंसिर २०८१ १९:०२ बिहीबार