९ आश्विन २०८१ बुधबार
image/svg+xml

उदयपुर २ मा सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी

उदयपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार सुरेशकुमार राई हिमाल विजयी भएका छन् । यही क्षेत्र अन्तर्गतका प्रदेश सभा सदस्य दुवैमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

बाके १ र ३ मा वाम गठबन्धनको अग्रता

बाँकेका प्रतिनिधि सभाका दुई क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार महेश्वर गहतराज अगाडि छन् भने ३ मा एमालेका नन्दलाल रोकाले अग्रता लिइरहेका छन्।

चितवनका सबै क्षेत्रमा वाम गठबन्धन अगाडि

चितवनका प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र गरी सबै नौ निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरू अगाडि छन् । धेरैले चासो दिएको चितवन क्षेत्र नं. ३ मा वामगठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिस्पर्धी उम्मेदवार लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेभन्दा चार हजार बढी मतले अगाडि छन् ।

पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे सहित गठबन्धनका ३ विजयी

प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे विजयी भएका छन् । वामगठबन्धनका (एमाले) उम्मेदवार पाण्डेले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३ सय ४५ मतअन्तरले हराउँदै उनी विजयी भएका हुन्।

पाल्पा-२ बाट माओवादीका घर्ती विजयी, अन्यमा बाम गठबन्धनको अग्रता

प्रतिनिधिसभा क्षेत्र नं. २ अन्र्तगत प्रदेशसभा २ मा बामगठबन्धनका तुलाराम घर्ती मगर विजयी भएका छन्। गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवार रहेका घर्तीले १६ हजार ४ सय २२ मत प्राप्त गरि विजयी भएका हुन्।

झापामा वाम गठबन्धनको विजयी सुरुवात

झापामा बामगठबन्धनले बिजयी सुरुवात गरेको छ। झापा ४ मा एमालेका लालबहादुर सावा एलपी बिजयी भएका छन्। कांग्रेसका देउमान थेवेलाई फराकिलो मत अन्तरमा पराजित गर्दै सावा बिजय भएका हुन्। सावाले ४३ हजार ५१५हजार प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी देउमान थेवेले २६८२२ प्राप्त गरे । सावा २०७० सालको सविधानसभा निर्वाचनमा पराजित भएका थिए।

भोजपुरका सबै क्षेत्रमा बाम गठबन्धन

प्रतिनिधि सभामा बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादीका सुदन किरातीले विजय हात पारे संगै भोजपुरका सबै क्षेत्रमा बाम गठबन्धनले जित हात पारेको छ । मंसिर १० गते सम्पन्न भएको पहिलो चरण अन्तरगत प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनमा बाम गठबन्धनले कब्जा गरेको हो ।

धनकुटामा प्रदेको दुवै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी

धनकुटा प्रदेशसभाको दुवै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेद्वारहरु विजयी भएका छन्। प्रदेससभा क निर्वाचन क्षेत्रमा एमाले निरन राई २०,०८८ प्राप्त गरी विजयी भएका छन् ।

खोटाङ प्रदेशसभा (क) मा वाम गठबन्धनका राजन बिजयी

खोटाङमा प्रदेशसभा (क) मा बाम गठबन्धनका उम्मेद्वार बिजयी भएका छन्। शनिबार साँझ सम्पन्न मत परिणाम अनुशार वाम गठबन्धन (एमाले)का उम्मेद्वार राजन राई १८ हजार ९३३ मत ल्याएर प्रदेशसभा सदस्यमा बिजयी भएका हुन् ।

उपेन्द्र यादव जित नजिक, सप्तरीका ३ क्षेत्रमा राजपा-फोरम गठबन्धनको अग्रता

प्रतिनिधि सभा सदस्यमा सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले ८ हजार मतको फराकिलो अन्तर बनाएका छन्।

सिन्धुलीका दुई वटै क्षेत्रमा वाम गठबन्धनको अग्रता कायमै

सिन्धुलीमा प्रतिनिधि सभा सदस्य तर्फको पछिल्लो मतपरिणाम सार्वजानिक हुँदा हालसम्म सिन्धुलीका दुबै क्षेत्रमा वाम गठबन्धनको अग्रता कायम रहेको छ।  प्रतिनिधि सभा क्षेत्र न. १ मा वाम गठबन्धनका गणेश पहाडी र नेपाली काँग्रेसका प्रेमचन्द्र दाहाल चुनावी मैदानमा रहेपनि हालसम्म सार्वजानिक भएको मतपरिणाम अनुसार झन्डै पाँच हजार माथि मतान्तरणले बाम गठबन्धन अग्र स्थानमा देखिएको छ।

वाम गठबन्धन कार्यकताको कुटाइबाट चार प्रहरी घाइते

वाम गठबन्धनका कार्यकर्ताको आक्रमणमा परी गस्तीमा रहेका चारजना प्रहरी घाइते भएका छन्। गठबन्धनका कार्यकर्ताले प्रहरीको गाडीमा तोडफोड समेत गरेको छ। शुक्रबार राति जिल्ला वन कार्यालय अगाडि रहेको प्रहरी गस्तीलाई लक्ष्य गरी मदिरा सेवन गरेका उनीहरुले ढुंगामुडा गरेका थिए।

दैलेख प्रदेशमा बाम गठबन्धनका उम्मेदवार विजयी

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका उम्मेदवार धर्मराज रेग्मी १० हजार ३ सय ६१ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कृष्णकुमार विसी १५ सय ९७ मतले पराजित भएका छन् । उनले जम्मा ८ हजार ७ सय ६४ मत प्राप्त गरे ।

दार्चुलामा बाम गठबन्धन विजयी

प्रदेशसभाका दुइटै क्षेत्रमा बाम गठबनधनका उम्मेदवारहरु विजयी भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. (क) मा गठबन्धन उम्मेदवार एमालेका गेल्बु सिंह बोहरा १६ हजार ७३ मतसहित विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदन गिरीले १२ हजार ५ सय ९८ मत प्राप्त गरेका छन् ।

बैतडीको दुबै प्रदेशमा वाम गठबन्धन विजयी

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लाका दुबै प्रदेशमावाम गठबन्धनले जित हात पारेको छ । प्रदेश १ (क) मा नेकपा माओवादी केन्द्रका प्रेम प्रकाश भट्ट १८ हजार ९३ मत लिएर विजयी भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्