९ आश्विन २०८१ बुधबार
image/svg+xml

ओखलढुंगामा वाम गठबन्धनका सुनुवार र गुरुङ विजयी

ओखलढुंगामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा (क) मा वाम गठबन्धनको विजय भएको छ । शनिबार बिहान सार्वजनिक परिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धन (एमाले) का उम्मेद्वार यज्ञराज सुनुवार र प्रदेशसभा (क) मा वाम गठबन्धन (एमाले)का उम्मेद्वार अम्बीरबाबु गुरुङ बिजयी भएका हुन् ।

जाजरकोट प्रदेससभाका वाम गठबन्धनका उम्मेदवार विजयी

मंसिर १० गते पहिलो चरणमा भएको प्रदेश सभाको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार जाजरकोटका दुवै क्षेत्रमा वाम गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

रसुवाको तीनवटै सिटमा लोकतान्त्रिक गठबन्धन विजयी

मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रसुवामा तीनवटै सिट लोकतान्त्रिक गठबन्धनले जितेका छन् । शनिबार बिहान सबै मत गणना गरिसक्दा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका मोहन आचार्य, प्रदेशसभा क तर्फ नेपाली कांग्रेसका प्रभात लामा र प्रदेशसभा ख तर्फ नयाँ शक्ति पार्टीका प्रेम तामाङ विजयी भएका हुन् ।

पर्वतमा बामगठबन्धन अगाडि

बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बामगठबन्धन अगाडि देखिएको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र रहेको पर्वतमा तीन वटै क्षेत्रमा बामगठबन्धनको अग्रता छ।

धनकुटामा बाम गठबन्धनका उम्मेदवारको अग्रता

धनकुटामा प्रतिनिधि र प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। मतगणना सुरुवात भएदेखि नै बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन्। लोकतान्त्रिक गठबन्धनको गढ क्षेत्रहरु मौनाबुधुक, चानुवा, सिधुवा र लेगुवामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

प्रहरीद्वारा वाम गठबन्धनका युवाहरूमाथि लाठी प्रहार

स्याङजा क्षेत्र नम्बर दुईका वाम गठबन्धनका उम्मेदवार पदमा अर्यालको लागि न्याय माग्न गएका वामगठबन्धका युवाहरूलाई प्रहरीले लठ्ठी प्रहार गरेको छ ।  प्रहरीको लठ्ठी प्रहारबाट नेकपा एमालेका युवा नेता कृष्ण खाँड घाइते भएका छन्।

बैतडीमा वाम गठबन्धनको अग्रता कायमै

बैतडीमा वाम गठबन्धनको अग्रता कायमै रहेको छ । शुक्रबार दिउँसो साढे दुई बजेसम्मको मत परिणाम अनुसार वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनभन्दा ३ हजार ३ सय ५ मतले अग्रता लिएको छ ।

खोटाङमा वाम गठबन्धनको अग्रता कायमै

खोटाङमा वाम गठबन्धनको अग्रता कायमै रहेको छ । शुक्रबार दिउँसो १.३० बजेसम्मको मत परिणाम अनुसार वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनभन्दा ३ हजार ९९० मतले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेद्वार एमालेका विशाल भट्टराई १० हजार ९८८ मतसहित अग्रस्थानमा छन् । भट्टराईलाई ६ हजार ९९८ मत सहित कांग्रेसकी सरस्वती बजियमले पछ्याइरहेकी छन् । नयाँ शक्तीका मदन राईले ८४५ र संघीय समाजबादी फोरमका कृष्णकुमार राईले ५८८ मत ल्याएका छन्।

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गरेका छन् ।

मनाङमा एमालेलाई गठबन्धनको राहत

हिमाल पारिको जिल्ला मनाङमा यसअघिका कुनैपनि निर्वाचनमा एमालेले जितेको इतिहास थिएन । एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा मात्र माओवादीले जितेपनि त्यसबाहेकका सबै निर्वाचनमा कांग्रेस हावी हुँदै आएको थियो । तर, यो पटक क्रमभंग गर्दै एमालेले बाजी मारेको छ ।  एमालेका जिल्ला अध्यक्ष समेत रहेका पोल्देन छोपाङ गुरुङले कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई पराजित गर्दै इतिहास रचेका हुन् ।

धादिङमा वामलार्इ पच्छ्याउँदै लाेकतान्त्रिक गठबन्धन

– धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ । क्षेत्र नं १ को भूसंरक्षण कार्यलयको हल र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको हलमा मतगणना कार्य भइरहेको छ।  क्षेत्र नं १ को पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभामा वाम गठबन्धनका भूमि त्रिपाठीले १६५५९, लोकतान्त्रिक गठबन्धनका विश्व अर्यालले ७७४४ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रदेश सभा अन्तर्गत क्षेत्र नं १ को प्रदेश (क)मा वाम गठबन्धनका राजेन्द्रप्रसाद पाण्डेले १३,७८८, लोकतान्त्रिक गठबन्धनका मधुकुमार श्रेष्ठले ६३२१ मत प्राप्त गरेका छन् । प्रदेश (ख)मा वाम गठबन्धनका शालिक राम जमरकट्टेलले १२४१६, लोकतान्त्रिक गठबन्धनका प्रभातकिरण सुवेदीले ५४४७ मत प्राप्त गरेका छन् ।

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा मतगणना जारी छ।  मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गरेका छन्।

रोल्पामा लोकतान्त्रिकलाई पछाडि छोड्दै वाम गठबन्धन

रोल्पामा चलिरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनलाई पछाडि छोड्दै गएको छ ।प्रतिनिधि सभा तर्फ वामगठबन्धनका माओवादी केन्द्रका उमेदवार वर्षमान पुनले ६ हजार ६ सय ५२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अमरसिंह पुनले ३ हजार २ सय ५१ मत ल्याएका छन । त्यसैगरी प्रदेशसभा तर्फ प्रदेश न. क मा माओवादी केन्द्रका कुल प्रशाद केसीले २ हजार ७ सय ४० र नेपाली कांगे्रसका शेरबहादुर महराले १ हजार ९ सय ७८ मत ल्याएका छन् ।

ओखलढुंगामा वाम गठबन्धनकै अग्रता

ओखलढुंगामा पनि वाम गठबन्धनका उम्मेद्वारले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणमअनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस र एमालेका उम्मेद्वारबीचमा १०८९ मतको अन्तर देखिएको छ ।

खोटाङमा वाम गठबन्धनको मतान्तर झन् बढ्यो

खोटाङमा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा तीन हजारभन्दा बढी मतले अगाडि देखिएका छन्। शुक्रबार बिहान १० बजेसम्मको मत परिणाम अनुशार प्रतिनिधिसभा सदस्यका एमाले उम्मेद्वार बिशाल भट्टराई कांग्रेसकी सरस्वती बजिमय भन्दा ३ हजार २४४ मतले अगाडि छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्