९ आश्विन २०८१ बुधबार
image/svg+xml

बागलुङमा मतारन्तर फराकिलो पार्दै बाम गठबन्धन

बागलुङमा बाम गठबन्धनले मतान्तर फराकिलो पार्दै लगको छ । बागलुङको दुई वटै प्रतिनिधि सभामा दुई हजार बढी मतले बाम गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।

जुम्ला बाम गठबन्धनको अग्रता

जुम्लाको मतपरिणाममा प्रतिनिधि सभा एवं प्रदेश सभा दुवैमा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार वाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार गजेन्द्र महत ६०५१ मत ल्याएर अग्रता हाँसिल गरिरहेका छन्।

पाँचथरमा वाम गठबन्धन १ हजार ६ सय मतले अगाडि

पाँचथरमा प्रतिनिधि सभाको पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धनले १ हजार ६ सय ४८ मतले अग्रता लिएको छ। बाम गठबन्धनका नेकपा (एमाले)का नेता बसन्त कुमार नेम्बाङले ७ हजार ४ सय ५१ मत प्राप्त गरेका छन्।

पाँचथरमा वाम गठबन्धन एक हजार मतले अगाडि

पाँचथरमा प्रतिनिधि सभाको मत गणना जारी छ । प्रतिनिधिसभाको मतगणना सकेरमात्र प्रदेश सभाको मतगणना गर्ने निर्णयअनुसार प्रतिनिधि सभाको मत गणना भएको हो ।

पाँचथरमा बाम गठबन्धनका उम्मेदवार एक हजार मतले अगाडि

पाँचथरमा प्रतिनिधि सभाको मत गणना जारी छ। प्रतिनिधि सभाको मतगणना सकेरमात्र प्रदेश सभाको मतगणना गर्ने निर्णय अनुसार प्रतिनिधि सभाको मत गणना भएको हो।

खोटाङमा वाम गठबन्धन २८ सय मतले अगाडि

खोटाङमा सुरुदेखि नै वाम गठबन्धनले आफ्नो अग्रतालाई कायम राखेको छ । बिहीबार बेलुका ७ बजेपछि गणना सुरु भएको जिल्लामा एमाले–माओवादी गठबन्धनका उम्मेद्वारले अग्रता गरिरहेको छ ।

डोल्पामा वामगठबन्धनका धनबहादुर बुढा तेब्बर मतले अगाडि

डोल्पामा बाम गठबन्धनतर्फका नेकपा एमालेका धनबहादुर बुढाले प्रतिनिधि सभामा ३ हजार ६०६ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका अंगदकुमार बुढाले भने १ हजार २ सय ६४ मत प्राप्त गरेका छन्।

खोटाङमा वाम गठबन्धनको अग्रता कायमै

खोटाङमा सुरुदेखि नै वाम गठबन्धनले आफ्नो अग्रतालाई काय राखेको छ । बिहीबार बेलुका ७ बजेपछि गणना सुरु भएको जिल्लामा एमाले–माओबादी गठबन्धनका उम्मेद्वारले अग्रता लिइरहेको छ । वाम गठबन्धनलाई कांग्रेस–राप्रपा लगायतका लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले पछ्याइरहेको छ ।

जुम्लामा वाम गठबन्धनलाई पछयाउँदै कांग्रेस

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणअन्तरगतको मतपरिणाम आउने क्रम जारी छ । जुम्लामा वामगठबन्धनलाई नेपाली का‌ंग्रेसले पछयाउँदै लगेको छ । अहिलेसम्म ८ हजार पाँच सय मत गनिसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

नुवाकोटमा बामगठबन्धनको अग्रता

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको नुवाकोटमा मतगणना जारी छ । दुवै प्रतिनिधि र ४ वटै प्रदेश सभामा बामगठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा छन् ।

सिन्धुपाल्चोकमा बाम गठबन्धनको अग्रता निरन्तर

रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा बाम गठबन्धनले सुरुदेखि नै निरन्तर अग्रता लिइरहेको छ । सिन्धुपाल्चोक–१ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले निरन्तर ४ हजार मतको अग्रता बनाएका छन् । सुरुदेखि नै अग्रता हाँसिल गरेका उनले ९ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोकमा बाम गठबन्धनको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा बाम गठबन्धनले सुरुवाती अग्रता लिएको छ।

रोल्पामा वाम गठबन्धनको अग्रता

रोल्पामा बिहीबार बेलुकाबाट सुरु भएको मतगणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्धनले अग्रता लिएको छ। प्रतिनिधि सभा तर्फ १ हजार १ सय ४८ गणना हुँदा माओवादी केन्द्रका वर्षमान पुनले ६ सय ९५ मत लिएका छन् भने नेपाली कांग्रेसका अमरसिंह पुनले ३ सय ४३ मत ल्याएका छन । त्यसैगरी प्रदेशसभा तर्फ प्रदेश क मा माओवादी केन्द्रका कुल प्रसाद केसीले २ सय ९३ र नेपाली कांगे्रसका शेरबहादुर महराले २ सय ७९ मत ल्याएका छन् ।

जाजरकोट, बैतडी र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता

प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिएका छन् ।  नेपाली काँग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याएका छन्। त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र काँग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गरेका छन्। प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २०० मत प्राप्त गरी अग्रता लिएका छन् भने काँग्रेसका दीपकजंग शाहले ६६२ मत प्राप्त गरेका छन्।

रसुवामा लोकतान्त्रिक गठबन्धनको अग्रता

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको रसुवाको प्रारम्भिक मतपरिणाम आएको छ। १ हजार २ सय ४७ मत गणना हुँदा लोकतान्त्रिक गठबन्धनका काँग्रेसका उम्मेदवार मोहन आचार्यले ७ सय २१ र वाम गठबन्धनका एमाले उम्मेदवार जनार्दन ढकालले ४ सय ४८ मत पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्