६ आश्विन २०८१ आइतबार
image/svg+xml

विघटनविरुद्ध विपक्षी गठबन्धन

शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरिएपछि शनिबार बसेको विपक्षी गठबन्धनको बैठकले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध राजनीतिक र कानुनी लडाइ लड्ने निर्णय गरेका छन्।

विपक्षी गठबन्धनको निश्कर्ष: राष्ट्रपति र प्रधानमन्त्रीको कार्य स्वेच्छाचारी

विपक्षी गठबन्धनले राष्ट्रपति र प्रधानमन्त्रीको कार्य स्वेच्छाचारी भएको निश्कर्ष निकालेको छ।

विपक्षी गठबन्धनको संयुक्त बैठक जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि संसद विघटनबारे आगामी रणनीति तय गर्न बैठक बसेकाे हाे।

नालायक विपक्षी नेतृत्व

विशेष गरी लोकतान्त्रिक संसदीय व्यवस्थाको संस्थागत विकास गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेस नेतृत्वलाई प्रतिगमनका नाइके प्रधानमन्त्री केपी ओलीले पुनः जिल्याइदिएका छन्। एमाले र माओवादीको अपवित्र गठबन्धनका कारण चुनावबाट झण्डै दुईतिहाइ बहुमतसहित सत्तारोहण गरेका प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने प्रतिगामी कदमविरुद्ध चौतर्फी विरोधमा उत्रिएका विपक्षी दलहरू लोकतान्त्रिक बहुदलीय व्यवस्था र विधिको शासन स्थापित गर्ने सवालमा असफल देखिए।

आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद

केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्।

ओलीविरोधी गठबन्धनको विपक्षमा ठाकुर–महतोको दौडधुप

केपी शर्मा ओली सरकारविरोधी गठबन्धनको विपक्षमा उभिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुधबार दिनभर दौडधुपमै व्यस्त भए। ठाकुर र महतोले नयाँ सरकार निर्माणमा आफूहरू तटस्थ रहने बताउँदै आएका छन्।

कम्युनिस्ट एकता जोगाउन बृहत् गठबन्धन हुन्छ: नेता नेपाल

नेता नेपालले ओली प्रवृत्तिलाई परास्त गर्न आफूहरूले अब देशव्यापी समानान्तर कमिटी बनाउने जानकारी दिए। अब वडा, पालिका, जिल्ला, प्रदेशसम्म समानान्तर कमिटी बन्ने उनले बताए। महिला, दलित, युवा, आदिवासी, जनजाति, अनेरास्ववियुलगायतका समानान्तर कमिटी बन्ने उनले बताए।

नयाँ सत्ता गठबन्धन कसरतः कांग्रेस–माओवादी–जसपा सम्भावना बढी

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ। ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वास प्रस्ताव सँगसँगै ल्याउने तयारी भएको छ।

नयाँ गठबन्धन कसरत

४१ महिनाअघि चुनावी तालमेलसहित पार्टी एकीकरणमा पुगेका एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केसँगै मुलुकमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवाद निरूपण गरेसँगै फेरिएको परिस्थितिमा सरकार टिकाउने र गिराउने कसरत सुरु भएको छ।

दललाई जनादेश नपचेकै हो ?

हरेक राजनीतिक परिवर्तनपछि नेपाली जनताले स्थिरता र विकासको चाहना राख्दै आएका छन्। तर सरकार र सत्तारुढ दलबीचको समन्वय अभाव तथा आन्तरिक कलहले राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको चाहना २००७ सालदेखि नै अधुरो छ। निर्वाचनअघि आर्थिक विकासका ठूलाठूला कुरा गर्ने तर जनमत पाएपछि आन्तरिक किचलोमा रुमलिने नेपालका दलको परम्परा नै बनिसकेको छ।

गठबन्धनका लागि निर्वाचन ‘प्रतिष्ठाको लडाइ’

प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदैछ। जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा बिहान १० बजेबाट मतदान सुरु भएको हो। मुख्यमन्त्री राउत र मन्त्री यादवले ‘क’ मतगणना स्थलबाट पहिलो र दोस्रो मत खसालेका हुन्।

मलेसियामा मुख्य विपक्षी दलहरूले बनाए गठबन्धन

मलेसियाका दुई मुख्य विपक्षी दलहरूले शनिबार एउटै गठबन्धन बनाएका छन्। बहुसंख्यक मुस्लीमहरूको मत तान्नका लागि उनीहरुले गठबन्धन बनाएको बताइएको छ।

सुडानको सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता

सुडानको अन्तरिम सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता भएको छ। स्वतन्त्र र परिवर्तन गठबन्धन नामक विपक्षी गठबन्धनले पूर्ण सम्झौतामा पुगेर संवैधानिक घोषणा गरेका हुन्। घोषणासँगै नयाँ अन्तरिम सरकार बनाउने बाटो खुलेको सुडानका लागि अफ्रिकी युनियनका प्रतिनिधि मोहम्मद हान्स लेबाटले शनिबार जानकारी दिएका छन्।

गण्डकी प्रदेशसभामा नेकपाको दुइतिहाइ, मनाङेलाई राताे कार्पेट

वाम गठबन्धनको सहयोगमा निर्वाचित भएका उनले लामो समयसम्म सांसद पदको शपथ लिन पाएनन्। यो विषयलाई लिएर उनी सर्वोच्च अदालत पुगे। सर्वोच्चले बाटो खुला गरिदिएपछि उनले निर्वाचित भएको १६ महिनापछि गत माघ १४ गते शपथ लिएका थिए।

भाजपा गठबन्धनको ऐतिहासिक जित

भारतको सत्रौं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ९भाजपा० को गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ। बिहीबार राति १० बजेसम्म भाजपा नेतृत्वको गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले कुल पाँच सय ४२ सिटमध्ये तीन सय ४९ मा अग्रता कायम गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा एक्लैले पनि ऐतिहासिक जित हासिल गर्ने देखिएको छ। भाजपा एक्लैले तीन सय सिट जित्ने मत गणनाको प्रारम्भिक अग्रताले देखाएको छ। यसअघि सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भाजपा एक्लैले २८२ सिट जितेको थियो। एनडिए प्रधानमन्त्री मोदीको नेतृत्वमा चुनावमा उत्रिएको हो। भारतमा फेरि पनि सरकारको नेतृत्वमा मोदीले गर्ने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्